५ आश्विन २०८१ शनिबार
image/svg+xml

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्र लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन्।

‘विषादीयुक्त’ भारतीय तरकारी र फलफुल प्रधानमन्त्रीलाई उपहार

नेपाल बिद्यार्थी संघ बाँकेले सांकेतिक बिरोध स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी र फलफुल उपहार स्वरुप पठाएको छ। भारतबाट आउने तरकारी र फलफुलको विषादी परीक्षण नगरेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं पठाएको हो।

ढलको निकास थुनिँदा बस्ती डुबानमा

अर्बौं बजेट खर्च गरेर आयोजना सञ्चालन भए पनि डुबान समस्या समाधान नहुँदा नेपालगन्जवासीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं भएको छ।

विश्वकपको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ।

सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

नेकपाको ७९ वडा कमिटीलाई शपथ

पार्टी एकतालाई पूर्णता दिने क्रममा नेपाल कम्युनिष्ट पार्टीले खोटाङका सबै ७९ वडा कमिटीलाई शपथ खुवाएको छ। नेकपाले दुई नगरपालिका र आठ गाउँपालिकाका सबै वडा कमिटीलाई शपथ खुवाएको हो।

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरु नाराबाजीमा उत्रदै रोष्टम घेराउ गर्न पुगेपछि बैठक स्थगित भएको हो।

गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

गृहमन्त्री राम बहादुर थापाको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।

बिग मर्जरदेखि ब्याजदर सीमा घटाउनेसम्मका बहस

नेपाल राष्ट्र बैंकले सम्भवतः यसै साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ।नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ।

सार्क फिल्म महोत्सवमा स्वस्तिमा र टाटिनीलाई अवार्ड

नेपाली फिल्म ‘बुलबुल’की अभिनेत्री स्वस्तिमा खड्काले सार्क फिल्म महोत्सवमा अवार्ड जितेकी छन्। श्रीलंकामा आयोजित सार्क फिल्म महोत्सवमा ‘बुलबुल’ फिल्मकी अभिनेत्री खड्काले ‘बेष्ट पफर्मर जुरी अवार्ड २०१९’ जितेकी हुन्।

बक्सिङका खेलाडी थाइल्यान्ड प्रस्थान

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका साथै विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे। टोलीको प्रमुख प्रशिक्षक प्रकाश थापामगर, वरिष्ठ प्रशिक्षक प्रवीण तुलाधर, प्रशिक्षक राजु थापा र उमेश कटवालसहित १७ जनाको टोलीलाई सदस्यसचिव श्रेष्ठसहित नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, सदस्य पुष्कर पन्त, श्याम अवाले, राष्ट्रिय खेलकुद परिषद्का टोली निर्देशक महेन्द्र राईलगायतले बिदाइ गरेका थिए।

व्यवसायीको सुझावः दुई प्रतिशत ब्याजमा कर्जा व्यवस्था होस्

उद्योगी व्यवसायीहरुले दुई प्रतिशत व्याजदरमा उद्योगका लागि कर्जाको व्यवस्था हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगधन्दाका लागि दुई प्रतिशत व्याजदरमा कर्जा प्रवाह हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएकी हुन्।

नेपाल महिला संघमा बोहरा

बोहरालाई संयोजक तोकी अधिवेशन सम्पन्न गर्ने, संगठन विस्तार गर्ने लगायतका महिला संघका कार्यक्रमलाई अगाडि बढाई संघलाई गतिशीलता दिने अधिकारसमेत दिइएको छ ।

भारतका राजदूत आचार्यलाई भुटान पनि हेर्ने जिम्मा

सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भुटान हेर्ने जिम्मेवारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्