५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

सार्क फिल्म महोत्सवमा स्वस्तिमा र टाटिनीलाई अवार्ड

काठमाडौं  – नेपाली फिल्म ‘बुलबुल’की अभिनेत्री स्वस्तिमा खड्काले सार्क फिल्म महोत्सवमा अवार्ड जितेकी छन्। श्रीलंकामा आयोजित सार्क फिल्म महोत्सवमा ‘बुलबुल’ फिल्मकी अभिनेत्री खड्काले ‘बेष्ट पफर्मर जुरी अवार्ड २०१९’ जितेकी हुन्।

निर्देशक विनोद पौडेलले निर्देशन गरेको फिल्म ‘बुलबुल’ मा स्वस्तिमा खड्का र मुकुन भुषालले मुख्य भूमिका निवार्ह गरेका थिए। गत असार १७ देखि २२ सम्म श्रीलंकाा कोलोम्बोमा आयोजित महोत्सवमा नेपालको प्रतिनिधित्व गरेको सर्ट फिल्म ‘द मुन इज ब्राइट टु नाइट’ ले ‘स्पेसल जुरी रिकग्निसन’ अवार्ड जितेको थियो।

अभिनाषविक्रम शाहले निर्देशन गरेको ‘टाटिनी (द मुन इज ब्राइट टु नाइट)’ फिल्म १५ मिनेट लामो छ। महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै  ‘द रिमाइन्स’, ‘हरि’ र ‘प्रसाद’ फिल्महरू सहभागि भएका थिए।

प्रकाशित: २४ असार २०७६ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App