३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पाल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

निस्दी गाउँपालिका–७ ज्यामिरेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन्।

पाल्पा-पर्यटन

आजभन्दा ४० वर्ष अगाडि नै पाल्पाको विकासका लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई अगाडि बढाउनुपर्छ भनेर त्यस बेलाका अग्रज स्वर्गीय भुयुमान लिगल, गणेशमान महर्जनलगायतले भन्ने गर्थे । अहिलेको अवस्थामा हेर्दा, शिक्षाको क्षेत्रमा तत्कालिन समयदेखि नै पहाडी जिल्लामा सबैभन्दा बढी साक्षरता भएको जिल्लामा पथ्र्या ।

पाल्पामा चार जनाको शंकास्पद मृत्यु, एक जनामा स्वाइन फ्लू भेटियो

जिल्लामा स्वाइन फ्लूका शंकास्पद चार जनाको मृत्यु भएको छ। उपचारका लागि काठमाडौं रेफर गरिएकामध्ये एक जनाको स्वाइन फ्लूकै कारण मृत्यु भएको प्रमाणित भएको हो। मृत्यु भएका अन्य तीनको टेष्टको रिपोर्ट आएको छैन। स्वाइन फ्लूको शंस्कास्पद अन्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ।

पाल्पा, गुल्मी र स्याङ्जाका १५ सहकारी दर्ता खारेज

गत आर्थिक वर्ष २०७३/०७४ मा पाल्पा, गुल्मी र स्याङजाका पन्ध्र सहकारी खारेज भएको छ। डिभिजन सहकारी कार्यालय पाल्पाले पाल्पाका दुई र गुल्मीका चार तथा स्याङ्जाको कार्यालयले नौ सहकारी खारेज गरेको हो।

पाल्पामा एमाले र माओवादी केन्द्रबीच तालमेल

पाल्पाको रामपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल भएको छ।

पाल्पामा नमूना मतदान, स्थानीय भन्छन्- 'उत्साहित छौं'

रैनादेवी छहरा गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । आइतबार भएको मतदानमा ७ दशमलव ६९ प्रतिशत मत बदर भएको छ ।

राप्रपा र जनमोर्चाले पाल्पामा उम्मेदवार टुङ्गो लगाए

स्थानीय निर्वाचनको लागि जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको अन्तिम टुङ्गो लगाउन दिनहुँजसो बैठक बस्न थालेका छन्।

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका शर्मालाई

यो वर्षको गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ। वीरगन्जस्थित गोपालचन्द्र गौतम प्रतिष्ठानले निर्णय गरेअनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा छैठौं पुरस्कार समाहरोबिच सांसद् अनिल रुङगटाले पुरस्कार प्रदान गरे।

पाल्पामा जिप दुर्घटना, चार जनाको मृत्यु

दोभान–४, श्रीडाँडामा लु १ ज २६८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पामा एचआईभी सङक्रमितकाे संख्या बढ्दै

जिल्लामा पछिल्लो सयमा एचआईभी सङक्रमितहरुको संख्या थपिंदै गएको छ । एचआईभी/एड्सको नयाँ संक्रमण र सर्ने दरलाई २०१६ भित्र शुन्यमा पु¥याउने घोषणा सरकारले ग¥र्यो । तर जिल्लामा भने २०१६ सकिन लाग्दा एचआइभी सङक्रमितको संख्या भने बढिरहेको छ ।

पाल्पामा दुईदिने आमहडताल, जनजीवन प्रभावित

आमहडतालका कारण आज बिहानदेखि यहाँको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन्।

पाल्पा बन्दले जनजीवन प्रभावित

संविधान संशोधनको प्रस्तावमा प्रदेशको सीमाङ्कन हेरफेर भएको भन्दै संयुक्त विद्यार्थी आन्दोलन समितिले आह्वान गरेको बन्दका कारण पाल्पाको जनजीवन प्रभावित भएको छ। जिल्लाबाट छ्ट्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

पाल्पामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पामा दश स्थानीय तह बनाउने सहमति

पाल्पामा स्थानीय तह पुनर्संरचना गर्दा दश स्थानीय तह बनाउन दलहरु सहमत भएका छन्। हाल रहेका दुई नगरपालिका मध्ये तानसेनमा सिमाना थप गर्ने, रामपुर नगरपालीकालाई यथावत राख्ने र अन्य आठ गाउँपालिका बनाउन दलहरु सहमत भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्