३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

तिहारमा पाल्पाली ढाकाको कारोबारमा वृद्धि

तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि भएको हो । यहाँका ढाका कपडाका पसल हिजोआज आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

एमाले पाल्पामा आचार्य निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाको अध्यक्षमा नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट सहमतिमा आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । आचार्य केपी शर्मा ओली निकट मानिन्छन्।

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा मोहन श्रेष्ठ विजयी

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा मोहनप्रसाद श्रेष्ठ विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षकालागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।

डेढ महिनादेखि पाल्पाकाे रामपुर यातायात सेवाबिहीन

रामपुर (पाल्पा)– पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन्। गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगत डेढ महिनादेखि ठप्प छन्। रामपुर बसपार्कबाट स्याङ्जाको साँखर, तनहुँको गजरकोट घिरिङ भिमाद हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन नचल्दा यस क्षेत्रका यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ ।

मूल्य बृद्धि र अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न पाल्पामा बजार अनुगमन

पाल्पा-संयुक्त बजार अनुगमन समितिले सदरमुकाम तानसेनसहित आसपासका बजारमा अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा व्यापारीहरुले चर्को मूल्य वृिद्ध गरेको गुनासो उपभोक्ताले गरेपछि छड्के अनुगमन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्