३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पाल्पामा कैलाश विकास बैक

कैलाश विकास बैकले पाल्पाको दम्कडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाले बुधबारदेखि कारोबारसुरु गरेको बैंकले जनाएको छ।

पाल्पामा हावाबाट बिजुली उत्पादन

पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको केन्द्रमा हावाबाट एक हजार दुई सय वाटको विद्युत निकालिएको छ। पीडा नेपालको प्राविधिक र जर्मनीको विसिन्सको आर्थिक सहयोगमा कापेक संस्थाले आठ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत निकालेका हो।

पाल्पामा स्कार्पियो दुर्घटना, दुई घाइते

पाल्पाको वगनाशकालीमा–१ चिर्तुङ्गधार नजिकै शुक्रवार दिउँसो करिव ३ः४५ बजेतिर स्कापियो दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।

फागुन ३ देखि प्रदेशस्तरीय पाल्पा महोत्सव

आगामी फागुन ३ देखि १३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा पाल्पा महोत्सव–२०७४ हुने भएको छ। आयोजक पाल्पा उद्योग वाणिज्य संघले बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गराएको हो।

‘पाल्पाली करुवा’ उद्योग धराशायी

पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन्। सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन्।

पाल्पाको शब्दचित्र

पश्चिम नेपालको सुन्दर नगरी पाल्पा, तानसेन नेपाल एकीकरणभन्दा पहिलेदेखिकै प्रसिद्ध सहर हो । सेन राजाहरूको राजधानी भएका कारण उसैबेलादेखि सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले सम्पन्न यो सहर त्यस क्षेत्रको आर्थिक तथा शैक्षिक गतिविधिको केन्द्र पनि थियो ।

पुर्खौली पेशा जोगाउन जुटे पाल्पाका एक युवा

पुर्खौली पेशा विस्थापित हुन थालेपछि पाल्पा रामपुर नगरपालिका–६, तिलकपुरका २९ वर्षीय सोमबहादुर कुमाल माटाका भाडा बनाउन जुटेका छन् ।

पाल्पाबाट भारत जान्छ तेजपत्ता

वार्षिक सात करोड बढीको तेजपत्ता र दालचिनी जिल्लाबाट भारत निर्यात भएको छ। जिल्लाको गत पाँच वर्षको तथ्याङ्क अनुसार बार्षिक औसत सात करोड २५ लाख ६३ हजार ५८० रुपैयाँको निकासी देखिएको हो।

भैरहवामा प्लेन क्यान्सिल, पर्यटकलाई पाल्पाबाट हेलिकप्टर

पहारिलो घाम तापेर बदाम खाँदै टुँडिखेलमा गफिएका व्यक्तिहरु आकाशमा अचानक हेलिकप्टरको आवाज सुनेर उतैतर्फ चिहाउँछन्।

पाल्पाली शताब्दी पुरुष

एक शताब्दी बाँच्नु कठिन हो । त्यसमा पनि सुखसित बाँच्नु अरु कठिन हो । आफ्नो सुखको साथै अरुको सुख बढाउनु झन् कठिन हो । रोगीको रोग निको पार्नु उपचारकर्मीको व्यावसायिक कर्तव्य हो । तर वर्तमान समयमा इमानदारीसाथ सो कर्तव्य निभाएको अपवादका रूपमा देखिने गरेका बेला अपवाद भएर निस्कनु अर्को कठिन काम हो ।

लुम्बिनीमा वाम वर्चश्व, पाल्पा र गुल्मीमा 'क्लिस्वीप'

लुम्बिनीका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सीटमा वाम गठबन्धनको वर्चश्व देखिएको छ। अर्घाखाँची बाहेक सबै जिल्लामा मतगणना सकिएको छ ।

पाल्पा प्रदेशसभा १ ‘ख’मा आचार्य विजयी

नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य विजयी बनेका छन् । प्रदेशसभा १ (२) बाट वामगठबन्धनका तर्फबाट आचार्य १४ हजार ४ सय ६६ मत सहित विजयी बनेका हुन्।

पाल्पा-२ बाट माओवादीका घर्ती विजयी, अन्यमा बाम गठबन्धनको अग्रता

प्रतिनिधिसभा क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा २ मा बामगठबन्धनका तुलाराम घर्ती मगर विजयी भएका छन्। गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरि विजयी भएका हुन्।

पाल्पामा फूलको अभाव

दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने तिहार पर्वमा अनिवार्यरुपमा प्रयोग हुने सयपत्री र मखमली फूलको रामपुरमा अभाव भएको छ । व्यावसायिक रुपमा पुष्पखेती नहुँदा फूलको अभाव सिर्जना भएको हो । यस पर्वलाई दिदीबहिनी र दाजुभाइबीच एकापसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ ।

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ।  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्