७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बीमा कम्पनीले माग्यो प्रमुख कार्यकारी अधिकृत

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ।

अवैधरूपमा सञ्चालित थप दुई कलेजमा सिलबन्दी

अनुमतिसमेत नलिएर अवैधरूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि कलेजमा सिलबन्दी गरिएको उनको भनाइ छ।

ठगेर तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी

सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर स्थित महतो फ्युल सेन्टरमा बुधबार सिलबन्दी गरिएको छ। पम्पको डिस्पले बिगारेर घटी तेल विक्री गरेको पाइएपछि प्रशासनले पम्पमा सिलबन्दी गरेको हो।

प्रस्ताव पेस गर्ने समय एक साता

लगानी बोर्डले राष्ट्रिय गौरवको ७६२ मेगावाट क्षमताको जलायशयुक्त तमोर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न दुई कम्पनीसँग सिलबन्दी प्रस्ताव माग गरेको छ।

मिठाइमा प्रतिबन्धित रसायन

मानव स्वास्थ्यलाई असर गर्ने अखाद्य रसायनको प्रयोग गरेको भन्दै चल्तीका मिठाइ पसललाई कारबाही गरे पनि त्यसको प्रयोग बन्द नभएको पाइएको छ । सरकारको कारबाही खुकुलो हुँदा अखाद्य वस्तुको प्रयोग निरन्तर भएको पाइएको हो।

सरकारी अस्पतालका निजी औषधि पसलमा सिलबन्दी

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको हातामा सञ्चालित निजी औषधि पसलमा स्थानीय प्रसाशनले सिलबन्दी गरेको छ । कहिले आदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाबजस्ता हथकण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटरमा सिलबन्दी लगाइएको हो ।

अनुगमन टोलीद्वारा नयाँ वानेश्वरको मालिका स्टोर सिलबन्दी

अनुगमनका क्रममा दिइएको निर्देशन पालना नगरेको भन्दै नयाँ बानेश्वरमा रहेको मालिका स्टोरलाई सिलबन्दी गरिएको छ।

५ स्वास्थ्य क्लिनिकमा सिलबन्दी

स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर जिल्लामा सञ्चालित पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ । मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले सरकारको स्वास्थ्य संस्था स्थापना सञ्चालन स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार दर्ता प्रक्रिया पूरा नगरेको पाइएपछि ती क्लिनिकमा सिलबन्दी गरिएको चिकित्सा सेवा महाशाखाका निर्देशक डा. भोलाराम श्रेष्ठले जानकारी दिए ।

गोरखाका चार मेडिकलमा सिलबन्दी

जिल्ला प्रशासन कार्यालय गोरखाले बिहीबार गोरखा नरपालिका र पालुङ्टार नगरपालिका भित्रका चार वटा मेडिकलमा सिलबन्दी गरेको छ। गोनपा ३ को दुर्गा आयूर्वेदिक फर्मा, ९ को साकृति हेल्थ क्लिनिक, पानपा ९ बाह्रपिर्केको अमन मेडिकल सेन्टर र वडा नम्बर १० को उपकार प्याथोलोजी एण्ड मेडिकल हलमा सिलबन्दी गरिएको हो।

औषधिमा कालोबजारी गर्ने क्लिनिकमा सिलबन्दी

औषधिमा बिरामीसँग चर्को मूल्य लिएर कालोबजारी गरेको आरोपमा अनुगमन टोलीले एक क्लिनिकमा सिलबन्दी गरेको छ। उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका अनुगमन अधिकृत नेतृत्वको टोलील बालाजु बाइपासस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ मा बिहीबार सिल गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्