२६ वैशाख २०८१ बुधबार
image/svg+xml

सांसदहरुको ओज र गरिमा खस्किएको छ : चालिसे

प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले संसद् र पार्टीभित्र गुट–उपगुटमा मनमुटान, सत्ता र प्रतिपक्षबीच घोचपेच र जुहारी जस्ता प्रवृत्तिले सांसदहरुको ओज र गरिमा खस्किएको बताएका छन्।

एकैपटक सात वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारवाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ।

आज ४ वटा संसदीय समितिको बैठक बस्दै, के–के हुन् एजेन्डा?

बैठकमा सोह्रौँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुने बताइएको छ।

मौद्रिक नीति कार्यान्वयनबारे अर्थ समितिमा गभर्नरसँग सोधपुछ गरिँदै

मौद्रिक नीति कार्यान्वयन र उपलब्धिबारे आज अर्थ समितिमा छलफल हुने भएको छ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्न अर्थ समितिको निर्देशन

संघीय संसद्को अर्थ समितिले सांसदकै फरक मतका बीच स्टक एक्सचेञ्जको लाइसेन्स खुला गर्न सरकारलाई निर्देशन दिएको छ।

तीन संसदीय समितिको बैठक बस्दै

आजै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल हुनेछ।

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ।

नयाँ ब्रोकर लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्नुपर्ने सांसदहरुको माग

सांसदहरुले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न माग गरेका छन्।

अर्थतन्त्र सुधारका लागि मध्यकालीन र दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ।

सम्पत्ति शुद्धिकरणमा नेपाल कमजोर भयोः गभर्नर अधिकारी

उनले सम्पत्ति शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए। उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदुतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे।

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।

ब्रोकर लाइसेन्स दिन बैंकलाई अर्थ समिति निर्देशन

मुलुकका वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिले निर्देशन दिएको छ। पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन गर्न ११ महिना अघि गठन भएको उपसमितिकी अध्यक्ष राम कुमारी झाँक्रीले आज अर्थ समितिमा प्रतिवेदन बुझाउँदै बैंंकलाई ब्रोकर लाईसेन्स दिन सिफारिस गरेकी हुन्।

संसाद नआएपछि अर्थ समितिको बैठक रोकियो

सरकारले विकास निर्माणका लागि गरिरहेको खर्च र बजेटले निर्धारण गरेभन्दा बाहिर गएर भएको निकासा बारे संसदीय अर्थ समितिमा आज छलफल गर्ने कार्यक्रम थियो। तर राज्यको खर्च अवस्था बारे छलफल गर्ने विषयबारे छलफल गर्न संसदीय समितिको बैठकमा सांसद सदस्हयहरु नै आएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्