२ असार २०८१ आइतबार
image/svg+xml

छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक

आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति बनाएको थियो।

एनसेलले भन्यो– ‘सेयर किनबेचमा नेपालको कानुन पालना गर्न प्रतिबद्ध छौँ’

एनसेलको सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन उलङ्घन गरेको हुने आशङ्का गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ।

किन लम्ब्याइँदैछ एनसेल मुद्दा ?

सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेसी मंगलबार स्थगितमा पर्‍यो। तीन वर्षअघि अन्तरिम आदेश भएको एनसेलको कर विवाद मुद्दा पेसीमा चढ्नै कठिन छ, पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन।

एनसेल सेयर बिक्री ‘जालसाजीपूर्ण’

आजियाटाले नेपालको नियामक निकायलाई जानकारी नदिईकन स्पेक्ट्रलाइट युके लिमिटेडलाई न्यून मूल्यमा सेयर बिक्री गरेपछि कारोबार शंकास्पद देखिएको छ।

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

आजियाटा खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडमा नेपाली मूलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको लगानी भएको कम्पनीले खरिद गरेको हो।

'एनसेलको सेयर बिक्रीमा कर छल्ने नियत'

सात वर्षमा खरिद मूल्यको ४.६५ मूल्य अर्थात् ९५.३५ प्रतिशत कम मूल्यमा बिक्री हुनुले कर छल्न प्रस्ट नियत देखिएको छ।

आजियाटा नेपालबाट बाहिरिँदा वैदेशिक लगानीमा असर पर्ने

विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलबाट विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गरे यसको प्रत्यक्ष असर वैदेशिक लगानीमा पर्ने संकेत देखिएको छ।

एनसेलले २ खर्ब ८३ अर्ब राजस्व तिर्‍यो

१८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पत्रकार भेटघाटमा एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ।

एनसेल फोरजी पश्चिमका दुर्गम जिल्लामा विस्तार

मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ ।

एनसेलले ल्यायो ‘मज्जाको प्लान’

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई विचार गरी आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ।

एनसेलले ल्यायो ‘डबल मजाप्याक’अफर

एनसेल आजियाटा लिमिटेडले ‘डबल मजाप्याक’ अफर ल्याएकोे छ। अफरले ग्राहकलाई १ सय २५ रूपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ।

एनसेलद्वारा मनसुन धमाका अफर

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ। यसअन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।

एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्ट साइजको फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरूबाट यो पहिलो सिमलिन सक्छन्।

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याक

यो योजना वैशाख ०५ बाट सञ्चालनमा आएको छ। यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित २५ रूपैयाँमा बिहान ५ बजे देखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरूबाट फाइदा लिन सक्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्