२२ असार २०८१ शनिबार
image/svg+xml

इलाममा मंसिर २९ देखि जिर्मले लिग

स्थानीय स्तरमै फुटबलका सिपालु खेलाडी उत्पादन गर्ने उद्देश्यले रोङ गाउँपालिका–६, जिर्मलेमा फुटबल लिग सञ्चालन गर्न लागिएको छ।

फक्रिन पाएनन् स्थानीय प्रतिभा, सुरु हुँदै वडा स्तर फुटबल लिग

प्रायः प्रतियोगिताहरूमा बाहिरका खेलाडी ल्याएर खेलाउने गरिएकाले स्थानीय प्रतिभाले फक्रिन नपाएको भन्दै वडाले दुई महिनासम्म वडाकै खेलाडी मात्र समेटिने प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।

यु–१६ यूथ फुटबल लिग : त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ।

विराटनगर महानगरपालिका र एन्फाबीच सम्झौता, महिला लिग वैशाख ७ गतेदेखि

विराटनगर महानगरपालिका र अखिल नेपाल फुटलबल संघ (एन्फा)बीच महिला लिगको दोस्रो चरणका खेल विराटनगरमा आयोजना गर्ने सम्झौता भएको छ।

महिला फुटबल लिगः तेस्रो हुन वालिङ र पुलिसको प्रतिस्पर्धा

चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जितका साथ वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ। १२ खेलको समाप्तिमा वालिङ १७ अंकका साथ तेस्रो स्थानमा छ। वालिङले लिगमा १२ खेलमा समान ५ जित र ५ हार तथा २ खेल बराबरी खेलेको थियो। बुधबार विराटनगर महानगरपालिकामाथि १–० को जितपछि लिग उपाधि पक्का गरिसकेको एपिएफ ११ खेलमा ३३ अंकका साथ शीर्ष स्थानमा छ।

शनिबार चौदण्डीगढी र त्रिभुवन आर्मी भिड्ने

जारी महिला राष्ट्रिय फुटबल लिगअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध आगामी शनिबार खेल्दै छ।

विराटनगरसँग पुलिस स्तब्ध

मोफसलको टोली विराटनगर महानगरपालिकासँग स्तब्ध भएसँगै नेपाल पुलिस क्लबका प्रशिक्षक सञ्जीव जोशीले आफ्नो टोलीको लक्ष्य जारी महिला राष्ट्रिय फुटबल लिगमा दोस्रो या तेस्रो स्थान रहेको बताएका छन्।

महिला फुटबल लिग: एपिएफको अग्रता यथावत्

तीन खेलमा स्पष्ट जित निकाल्दै विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा शीर्षता कायम राख्दा अर्को विभागीय टोली नेपाल पुलिस र मोफसलको वालिङ नगरपालिका स्याङ्जाले एक/एक गोलको बराबरी खेलेका छन्।

काभानी र सिल्भाले क्लब छाड्ने

दक्षिण अमेरिकी स्टार काभानी र सिल्भाले च्याम्पियन्स लिगको यात्रा समाप्त भएपछि क्लब छाड्ने पिएसजीका स्पोर्टिङ डाइरेक्टर बताएका हुन् । कोरोना भाइरसका कारण फ्रेन्च फुटबल लिग वानको यस सिजन समाप्त भइसकेको छ । यस्तो स्थितिमा क्लबको यस सिजनको च्याम्पियन्स लिग यात्रा सकिएसँगै दक्षिण अमेरिकी स्टारद्वयले फ्रान्सको यात्रा टुंग्याउनेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्