३ आश्विन २०८१ बिहीबार
image/svg+xml

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, आमहड्ताल जारी

प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएपछि धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ। धनकुटाको जिरोप्वाईन्टमा आन्दोलनकारीले पुत्ला दहन गरेका हुन्। त्यस अवसरमा आन्दोलनकारीले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए।

क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी

प्रदेस नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले बुधबार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालबन्दी गरेका छन्। आज बिहान तालाबन्दी गर्न गएका आन्दोलनकारीलाई गेटबाहिरै रोक्न खोजेपछि प्रहरीसँग घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ।

धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटारमा धर्ना दिइएको छ ।

धनकुटामा बिहानैदेखि यातायात र बजार बन्द

प्रदेस नं. १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै बिहीबार धनकुटामा यातायात बन्द जारी छ । बिहान ६ बजेदेखि नै धनकुटाको जिरोप्वाइन्ट, बसपार्क, आत्मारा र सल्लेरीमा आन्दोलनमा उत्रेका धनकुटा जिल्लाबासीले गाडी छेकेका छन् ।

धनकुटामा आमहड्ताल

प्रदेश नम्बर १ को राजधानी धनकुटा तोक्नुपर्ने माग राखेर सुरु गरिएको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको छ । संघर्ष समितिले शुक्रबारदेखि आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो । समितिको बैठकले २४ घण्टा आमहड्ताल गर्ने निर्णय गरेको छ । यसअघि दिनभर आमहड्ताल भए पनि राति गाडी चल्दै आएका थिए ।

राजधानी माग गर्दै धनकुटामा दोस्रो दिन पनि बन्द

प्रदेस नं. १ को राजधानी धनकुटालाई घोषणा गर्न माग गर्दै जिल्लाबासीले बुधबारदेखि सुरु गरेको आमहड्ताल आज दोस्रो दिन पनि जारी छ । धनकुटाको जिरोप्वइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै ढुकेर यातायात र बजार बन्द गराएका छन् ।

धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।  धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए।

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ।  भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन्।

धनकुटामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

धनकुटामा आगामी माघको पहिलो साता राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ। माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको धनकुटामा विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको राष्ट्रिय तेक्वान्दो जिल्ला संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले बताए।

धनकुटाका १३ उम्मेदवारको जमानत जफत

गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ।  एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका छन्। निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जफत भएको हो।

धनकुटामा समानुपातिक तर्फ एमालेलाई धेरै मत

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा गरी धनकुटाका ३ स्थानमा विजयी भएको एमाले समानुपातिक तर्फ पनि पहिलो पार्टी बन्न सफल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभा तर्फ जिल्लामा खसेको कुल ६८ हजार ७ सय ७२ मत मध्ये  ३० हजार ९४७ मत एमालेले प्राप्त गरेको हो । कांग्रेसले १२ हजार ३२० र तेस्रो स्थानमा रहदै माओवादी केन्द्र ७ हजार ४७९ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६ हजार १६१ मत प्राप्त गर्दा संघीय समाजवादी फोरमले २ हजार ५५४ मत प्राप्त गरेको छ । जिल्लामा प्रतिनिधि सभा तर्फ कुल ४९ दलले मत पाएका छन् ।

धनकुटामा राई विजयी

एक प्रतिनिधिसभा रहेको धनकुटामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले १० हजार ४५९ मतान्तरले लोकतान्त्रिक गठबन्धनका सुनीलबहादुर थापालाई पराजित गरेका छन्।

धनकुटामा सुनिल बहादुर थापालाई हराउँदै राजेन्द्र राई विजयी

धनकुटामा राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापालाई हराउँदै नेकपा एमालेका राजेन्द्र राई प्रतिनिधि सभामा विजयी बनेका छन्।

धनकुटामा प्रदेको दुवै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी

धनकुटा प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वारहरु विजयी भएका छन्। प्रदेससभा क निर्वाचन क्षेत्रमा एमाले निरन राई २०,०८८ प्राप्त गरी विजयी भएका छन् ।

धनकुटामा बाम गठबन्धनका उम्मेदवारको अग्रता

धनकुटामा प्रतिनिधि र प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। मतगणना सुरुवात भएदेखि नै बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन्। लोकतान्त्रिक गठबन्धनको गढ क्षेत्रहरु मौनाबुधुक, चानुवा, सिधुवा र लेगुवामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्