४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धनकुटामा २० प्रतिसत मतदान

धनकुटामा १२ बजेसम्म २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यलय धनकुटाका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए । १ लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा अहिले १ सय ५३ मतदान केन्द्रवाट मतदान भइरहेका छन् ।

धनकुटामा बम विष्फोट, एक पैदालयात्री घाइते

धनकुटाको फुङसुवा खोलामा बम विष्फोट भएको छ । धनकुटा नगरपालिकाको वढा नं. ९ र खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिका वडा नं. ७ को सीमानामा पर्ने फुङसुवा खोलामा अज्ञात समुहले बम विष्फोट गरेको छ ।

प्रदेश १/धनकुटा : बिरासत जोगाउन दुवै गठबन्धनलाई चुनौती

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । धनकुटामा वाम र लोकतान्त्रिक गठबन्धनको मात्रै चुनावी प्रचार देखिएको छ । साना दलहरु छायामा परेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख ५ हजार १८८ मतदाता छन् । जिल्लामा वाम गठबन्धनमा २ र लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल छन्।

धनकुटा बजारमा ठूला गाडी प्रवेश रोक

चाडबाडको बेला धनकुटा बजार क्षेत्र भित्र ठूला सवारी साधान प्रवेश गर्न नपाउने भएका छन्। बजारमा चहलपहल हुने र मान्छेको आवतजावत धेरै हुने भएकाले ठुला गाडीलाइ प्रवेश गर्न रोक लगाएको धनकुटाका प्रहरी उपपरीक्षक सुदिप राजभण्डारीले बताए।

धनकुटाको छिन्ताङमा गाँजा फडानी

धनकुटाको छिन्ताङमा प्रहरीले गाँजा फडानी गरेको छ। प्रहरी उपरीक्षक सुदिप राजभण्डारीको कमाण्डमा गएको प्रहरी टोलीले छिन्ताङ गाविस वडा नं. ९ तित्रेडाँडामा १४ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार ५५ बोट र छिन्ताङ– ५ मा दुई रोपनीमा रोपिएको ५ सय बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

धरान- धनकुटा सडक खण्डमा बस दुर्घटना, यात्रु सामान्य घाइते

म्याङलुङबाट धरान हिँडेको बस धनकुटाको हिले नजिकैको सुकेपोखरीमा बुधबार दिउँसो0 दुर्घटना भएको छ।

धनकुटा बस दुघर्टनाः थप २ सहित १५ को मृत्यु, ६ जनाको सामुहिक अन्त्यष्टी

धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै बिहीबार भएको बस दुघर्टनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। विपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान धरानमा उपचारको क्रममा गए राती थप २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा आँखिभुई गाविस वडा नं. ९ का २३ वर्षीय खगेन्द्र कार्की र धरान– १७ का चेतबहादुर मगर रहेका छन्।

धनकुटा बस दुघर्टनाः १३ को मृत्यु, २८ घाइते

धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै भएको यात्रुबाहक बस दुघर्टनामा १३ जनाको ज्यान गएको छ भने २८ जना यात्रु घाइते भएका छन्। सात जनाको घट्नास्थलमै र ६ जनाको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। बसमा ४१ यात्रु सवार थिए।

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुग्याे, ७ को सनाखत

धनकुटा– धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ। धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत घाेषाणा गरेपछि मृतककाे संख्या ११ पुगेकाे हाे। यसअघि ७ जनाकाे घटना स्थलमै मृत्यु भएकाे थियाे।

धनकुटामा बस दुर्घटना: पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु

संखुवासभाको मुडे शनिश्चरेबाट धनकुटा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पूर्व राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्