जयरामको उत्कृष्ट प्रदर्शन
५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै जयराम श्रेष्ठ सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शीर्ष स्थानमा पुगे। रोयल नेपाल गल्फ क्लबमा बुधबार ३६ होल समाप्तीमा जयरामले ७ अन्डर १ सय २९ स्कोर गरे। जयरामले प्रतियोगिताको पहिलो दिन २ अन्डर ६६ स्कोर गरे। ६ अन्डर १ सय २० स्कोर गरेका सञ्जय लामा प्रतियोगिताको दोस्रो स्थानमा छन्।