डिपिएलमा आज पनि दुई खेल हुँदै
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको तेस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन।
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको तेस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन।
रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको मंगलबारको पहिलो खेलमा सिवाइसी अत्तरीयाले धनगढी स्टार्सलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ।
धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको दोस्रो दिन पनि दुई ओटा खेल हुँदैछन्। पहिलो खेल प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान फाप्लामा सिवाइसी अत्तरीया र धनगढी स्टार्सबीच बिहान नौ बजे हुँदै छ।
रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो खेलमा धनगढी स्टार्सले जितका लागि काठमाडौं गोल्डेन्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। धनगढी स्टार्सले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १३२ रन बनाएको हो।
रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका खेल सोमबारबाट सुरु हुँदैछ। वर्षाले मैदान हिलाम्मे भएकाले खेल दुई दिन पछि सारिएको हो। वर्षाका कारण खेल दुई दिन पछि सारिए पनि पूर्वनिर्धारित मितिमै शनिबार डिपिएल तेस्रो संस्करणको एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको थियो। सोमबार बिहान ९ बजे पहिलो खेल धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल हुनेछ।
रुस्लान धनगढी प्रिमियर लिग प्रतियोगिताको तेस्रो संस्करणको औपाचिरक रूपमा शनिबार उद्घाटन गरिएको छ । वर्षाका कारण दुई दिनपछि खेल सारिए पनि पूर्वनिर्धारित मितिमा नै शनिबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहम्मद सफिकलाई बल र ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।
सोमबारबाट हुने धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको ट्रफी शुक्रबार धनगढीमा सार्वजनिक गरिएको छ। यसअघि शनिबारबाट प्रतियोगिता आयोजना हुने बताइए पनि लगातारको वर्षाका कारण फाप्ला मैदान हिलाम्मे भएपछि मिति दुई दिन पछि सरेको छ।
मालपोत कार्यालय धनगढी। कुरो केही वर्षअघिको हो। जग्गाको कित्ताकाट गरेर नक्सापास गराउनु थियो। सम्बन्धित शाखाको अमिनले बखेडा झिके। यसो गरिरहँदा उनको अनुहार भारी फलामले थिचिएको जस्तो बनावटी थियो।
धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोको ट्रेन्च निर्माण गरिरहेको छ। नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको ट्रेन्च बनाएको हो। यो ट्रेन्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ।
रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन गरेको छ। घरेलु टोली धनगढी र कलेजबीच सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच मुख्य प्रायोजन सम्झौता भयो। सम्झौता पत्रमा टोलीका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत(सिइयो) खगेन्द्र ओझाले हस्ताक्षर गरे।
धनगढीमा जारी खप्तड गोल्डकपमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर एपिएफलाई २–१ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन्।
धनगढीका युवाले मंगलबार निर्मला पन्तको तस्बिरसहितको पोस्टर प्रदेश ७ मुख्यमन्त्री कार्यालयअगाडि टाँस्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी हुन पुग्यो। आन्दोलनकारी ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्दै अगाडि बढे भने पछि लागेको प्रहरीले च्यात्दै फ्याँक्न थाल्यो। त्यसपछि आक्रोशित युवाको समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो।
प्रा. डा. गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन्।
पूर्वकाे बिर्तामाेडबाट सुरु भएकाे नेपथ्यको सांगीतिक यात्रा पश्चिम धनगढीमा पुगेर सम्पन्न भएकाे छ।मंसिर ४ गते सुरु भएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो।