२३ भाद्र २०८१ आइतबार
image/svg+xml

तनहुँ बस दुर्घटनाः पोखरा र काठमाडौं घुम्न आएका थिए धार्मिक पर्यटक

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार दिउँसो दुर्घटनामा परेको बसका सबै यात्रु भारतीय धार्मिक पर्यटक थिए। सुनौली नाकाबाट नेपाल छिरेका उनीहरु सिद्धार्थ राजमार्ग हुँदै गत बुधबार बेलुकी ९ बजे पोखरा आएका थिए। पोखराबाट शुक्रबार काठमाडौं फर्कने क्रममा पर्यटक सवार बस तनहुँमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेको बस मर्स्याङदी नदी किनारमा खसेको थियो।

पोखरामा भएको स्कुल बस दुर्घटनाको अध्ययन गर्न महानगरको समिति

पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले अध्ययन समिति बनाएको छ। उक्त बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी र उनका छोरा सहित दुइजनाको ज्यान गएको थियो।

यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

सुर्खेतमा बस दुर्घटना हुँदा १९ घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोट जादै गरेको ना ४ ख ९३१७ बस आज बिहान ३ बजेतिर सुर्खेतको सिम्ता गाऊँपालिका-३ मस्तरामा दुर्घटना भएको प्रहरीले बताएको छ।

जन्ती बस दुर्घटनाः मृत्यु भएका दुईजना दोलखाका, गम्भीर घाइतेको उपचार सुरु (अपडेट)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ७ को अवस्था गम्भीर

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

सहचालकले हाँकेको बस दुर्घटनामा पर्दा आठ यात्रु घाइते

पोखरा महानगरपालिका–२५ हेम्जा सुईखेतमा विहीबार बिहान दुर्घटनामा परेको यात्रुबाहक बस सहचालकले चलाएको खुलेको छ।

कामदार सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो।

ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

सुरुङ भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

उत्तरी चीनमा द्रूतसेवाको सुरुङमार्ग भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। अन्य ३७ जना घाइते भएका छन्।

सडक दुर्घटनाको डरलाग्दो तथ्य

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो।

बागलुङ दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमवार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्