५ आश्विन २०८१ शनिबार
image/svg+xml

तनहुँ र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको सुझाव कार्यानवयन गर्न निर्देशन

‘तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ।'

आलु खेतीमा आत्मनिर्भर उन्मुख व्यास

आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो। गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए।

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ। छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाएको हो।

तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए। उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

भौतिक संरचना र जनशक्तिको अभाव खेप्दै तनहुँ अदालत

'ठाउँ नपुगेपछि सभाहल वा लाइब्रेरीमध्ये एक ठाउँमा इजलास बनाउने तयारी गरेका छौँ, इजलास थपिएपछि पाँचजना कर्मचारी थप चाहिन्छ, त्यसका लागि के गर्ने सम्बन्धित निकायमा जानकारी गराउँछौँ ।'

दमौलीमा डेंगुका सात बिरामी भेटिए

एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेंगुका मुख्य लक्षण हुन्। उनले भने, 'बिरामीको अवस्था गम्भीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ।'

पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

तीन घण्टापछि पृथ्वीराजमार्ग सञ्चालन

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ।

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।

सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्।

स्थानीय तह निर्वाचन: तनहुँमा कांग्रेस खस्कियो, माओवादी सुध्रियो

तनहुँमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको नतिजा केही खस्किएको देखिन्छ। गत निर्वाचनको तुलनामा स्थानीय तहदेखि वडासम्ममा कांग्रेसको नतिजा खस्किएको हो।

तनहुँः पौडेलको गृहनगरमा जोशी समूहको ‘हलचल’

रामचन्द्र र गोविन्दराजको टकरावका कारण दुई कांग्रेसी विभाजित भएर तनहुँमा प्रतिष्पर्धामा उत्रिएका थिए। जसले गर्दा मतगणना अवधिभर निकै रोचक प्रतिश्पर्धा भयो। गणनाका क्रममा कहिले जोशीको त कहिले न्यौपानेको अग्रता हुन्थ्यो। कस्ले व्यासको नेतृत्वमा सम्हाल्ने भन्ने आँकलन गर्न आम जिल्लाबासीलाई त्यति सहज थिएन। उसो त न्यौपानेको जित पनि त्यति सहज हैन्। अघिल्लो निर्वाचनको तुलनामा न्यौपानको जित सकसपुर्ण बनेको जिल्लावासीको भनाई छ।

तनहुँको भानुमा कांग्रेसका त्रिपाठी र गोतामे निर्वाचित

तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शुक्रबार सम्पन्न आएको अन्तिम मतपरिणाम अनुसार नगरपालिकाको मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्