२० आश्विन २०८१ आइतबार
image/svg+xml

चिसोले एक बालकसहित तीन जनाको मृत्यु

पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ। अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो।

चिसोबाट दुई जनाको मृत्यु

विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका-८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

चिसोका कारण चार दिन विद्यालय बन्द

अत्यधिक चिसोका कारण बाराका सामुदायिक तथा निजी विद्यालयहरु थप चार दिन बिदा दिने जिल्ला शिक्षा कार्यालय बाराले निर्णय गरेको छ। यसअघि जिल्ला शिक्षा कार्यालयले यही पुस १६ देखि २१ गतेसम्म विद्यालय बन्द गरी आइतबारबाट सञ्चालन गर्ने निर्णय गरेको थियो।

अत्याधिक चिसोले कठ्याङ्ग्रिदै महोत्तरीवासी

एक्कासी अत्याधिक चिसो बढेपछि महोत्तरीका शहरी तथा ग्रामीण क्षेत्रका सर्वसाधारण कठ्याङ्ग्रिदै जीवनयापन गर्न बाध्य छन्।

चिसोबाट यसरी बचौँ

जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यसैले धेरैजसो मानिस ढिलोसम्म सुत्ने गर्छन् । छुट्टीको दिन सिरक ओडेर सुतेर बिताउने कतिपयको बानी हुन्छ । तर, यस्तो गर्नु राम्रो हुँदैन । वर्षैभरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ ।

चिसोबाट बच्न नेपालगन्जमा दाउरा वितरण

शीतलहर र अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ।

चिसोले हिमाली बस्तीमा गतिविधि शून्य

अचानक बढेको चिसोले हिमालपारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ । अधिक चिसोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । पर्यटकीय गतिविधि पनि घटेका छन् । सदरमुकाममा समेत स्थानीयको चहलपहल कम भएको स्थानीय प्रशासनले जनाएको छ । कास्की पोखरामा पनि बुधबारदेखि चिसो बढेको छ ।

अत्याधिक चिसोले तरार्इकाे जनजीवन कष्टकर

मध्य तराईको पर्सा, बारा र रौतहटमा पुस १ देखि सुरु भएको शितलहरका कारण अत्याधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । तापक्रम ४ डिग्रीसम्म झरेपछि स्थानीयहरुले यसलाई यो सिजनमा अहिलेसम्मकै कठिन जाडो भनेर ठम्याएका छन् । ‘यस्तो कठिन जाडो मैले महसुस गरेको थिएन्, भित्रैसम्म ठिराउँदैछ, जति बाक्लो लुगा लगाए पनि चिसिएर जाडो भित्रसम्म पस्दैछ,’ घुर ताप्दै भेंटिएका सिर्सियाका ६२ वर्षीय सुदामा चौधरीले भने, ‘अधिक समय आगो तापेर बितेको छ, अरु उपाय नै छैन्।’

चिसोको कारण महोत्तरी जनजीवन कष्टकर

केही दिन देखि एक्कासी बढेको चिसो र शितलहरका कारण महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।

चिसोका कारण जनजीवन प्रभावित

विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ। घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन्।

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ।  मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन्।

चिसोमा भुवाको चप्पल

चिसो बढ्दै गएपछि यसबाट बच्न विशेष ध्यान दिन जरुरी छ । चिसो लाग्न नदिन शरीरलाई न्यायो राख्ने पहिलो उपाय न्यानो कपडासहित जुत्ता, चप्पलको जोहो गर्नु राम्रो हो ।

विकास निर्माणलाई चिसोको अवरोध

हिमाली जिल्लामा चिसो बढेपछि त्यहाँका विकासे आयोजनाहरु ठप्प बनेको छन्। मौसमी प्रभाव बढ्दै जाँदा विशेषतः त्यहाँ निर्माणाधीन विकासे आयोजनाहरु प्रभावित बनेका हुन्।

चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिर पठनपाठन गराउँदै आएका छन् । हिमालसँग रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैं बाहिर पठनपाठन गर्दै आएको जानकारी अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुलीले गराए ।

अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु

अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्