८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्...

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

आव २०७९/८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए।

लिखित उत्तीर्ण हुन नसकेका पनि जिल्ला न्यायाधीश

लामो समयदेखि रिक्त रहेका जिल्ला न्यायाधीश पदमा न्यायपरिषद्को बैठकले नियुक्ति र सरुवा गर्ने निर्णय गरेको छ। जिल्ला न्यायाधीशका लागि लिइएको खुला परीक्षामा एकजना मात्रै उत्तीर्ण भएपछि बाँकी रिक्त पदमा नियुक्ति गर्ने न्याय परिषद्ले निर्णय गरेको हो।

पढाइ छाडेको २१ वर्षपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष रोका

म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्।

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ।

कोरिया रोजगारी सुरु हुन समय लाग्ने

पहिलो लहरको कोरोना महामारी फैलिएका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको हो।

कोरिया रोजगारी तत्काल सुरु नहुने

भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ।

संस्कृत भाषाको ‘ए लेभल’मा ५७ जना उत्तीर्ण

संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन्। चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ।

उत्तीर्ण प्रतिशत बढाउने खेल

नयाँ सरकार बनेपछि सबैभन्दा बढी विवादको घेरामा शिक्षा क्षेत्र छ । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ मा देखिएका विवाद नसेलाउँदै ‘नयाँ चिकित्सा शिक्षा विधेयक’ले विवाद निम्त्याएको छ ।

लिखितमै मागभन्दा ५० प्रतिशत कम उत्तीर्ण

न्याय सेवा आयोगले आह्वान गरेको जिल्ला न्यायाधीश पदमा मागिएभन्दा ५० प्रतिशत कमले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । समावेशीतर्फ महिला, मधेसी र दलितको कोटा अपूरै रहेको छ । समावेशीका लागि माग गरिएका एकजना महिला, दुई मधेसी र एकजना दलित कोटा गरी ५ जना समावेशी न्यायाधीश पद पनि अपूरो रहेको हो ।  आयोगले नेपालको न्यायिक इतिहासमा पहिलोपटक खुला परीक्षाबाट न्यायाधीश नियुक्तिको आह्वान गरेको थियो । आयोगले ३० जना जिल्ला न्यायाधीश नियुक्तिका लागि समावेशीसहित खुला प्रतिस्पर्धाबाट छान्नेगरी विज्ञापन आह्वान गरेको थियो।

कोरियन भाषा परीक्षामा १२ हजार उत्तीर्ण

सन् २०१८ मा रोजगारीका लागि कोरिया जान लिइएको भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तीर्ण भएका छन् । मंगलबार कोरियाको मानव संशाधन विभागले प्रकाशित गरेको नतिजा अनुसार कृषिमा न्यूनतम ४२ र सेवा क्षेत्रमा ४४ अंक प्राप्त गर्ने उत्तीर्ण भएका हुन् । सन् २०१८ का लागि कोरियाले १० हजार पाँच सय जनाको कोटा निर्धारण गरेको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा वैशाख १० देखि २२ सम्म

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

नासुको परीक्षाफल प्रकाशित (उत्तीर्णको सूचिसहित)

लोकसेवा आयोगले नायब सुब्बा(नासु) को परीक्षाफल प्रकाशित गरेको छ। लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, काठमाडौंको विज्ञापन नं. ११३०२–११३०८र०७३/७४ (खुला,समावेशी), रा।प।अनं।प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको हो।

असईको लिखित परीक्षाको परीक्षाफल प्रकाशित (उत्तीर्णको सूचिसहित)

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदमा लिएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। प्रधान प्रधान कार्यालयले गत मंसिर १९ देखि २२ गतेसम्म लिएको लिखित परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरेको हो।

निगममा दर्जन पाइलट उत्तीर्ण

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सार्वजनिक सूचनामार्फत आह्वान गरेको प्रक्रिया पूरा गरी करिब एक दर्जन पाइलट अन्तिम चरणमा पुगेका छन्। निगमले आन्तरिक उडान उडान चुस्त–दुरुस्त बनाउन गत पुस २६ गते सार्वजनिक सूचना जारी गरी २० जना पाइलट मागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्