४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोतीप्रसाद हात्तीले हान्दा निकुञ्ज कर्मचारीको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको हात्तिसारको हात्तीले हानेर ढकरियाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको कुशाहा ८ का २७ वर्षिय मुखरीलाल सरदार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए।

१४ करोड लगानीमा तरकारी बजार बनाउँदै व्यवसायी

फलफूल तथा तरकारीका थोक व्यवसायीले आफ्नै पहलमा आधुनिक तरकारी बजार बनाउन थालेका छन् ।

प्रथम इच्छाकामना महोत्सव हुँदै

इच्छाकामना गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम इच्छाकामना महोत्सव–२०७५’ आयोजना गरिने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा भदौ २६ देखि असोज ६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

मृत अवस्थामा गैँडा फेला

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ।

चितवनमा सवारी दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० भानु चोकमा गएराती भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

बाघले मान्छे लग्यो

चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ। ती महिलालाई बाघले खाएको अाशंका गरिएको छ।

चितवनमा सहकारी लक्षित चाेरी बढ्दाे

भरतपुर महानगरपालिका–१२, पारिजात टोलमा रहेको प्रभात दिदीबहिनी वचत तथा ऋण सहकारी संस्थामा यही साउन १३ गते राति चोरी भयो।

चितवनमा बस पल्टिँदा १५ घाइते

पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन्।

चितवनमा ११२ किलो गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ।

चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा ३ को मृत्यु, ९ घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्।

मिस एसइई चितवनको उपाधि निशालाई

ओइसिसी मिस एसइई स्टार चितवन २०१८ को उपाधि भरतपुरकी निशा खत्रीले जितेकी छिन् । एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर लिभ एन्ड लिड इन्टरनेसनलले प्रतियोगिताको आयोजना गरेको हो।

चितवनको भण्डारामा जनता बैंक

जनता बैंक नेपालले चितवनको राप्ती नगरपालिका–५, भण्डारामा शाखा सञ्चालन गरेको छ । बैंकको यस शाखासँगै चितवनमा आठवटा शाखा कार्यालय पुगेको बैंकले जनाएको छ।यस शाखाबाट आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशभरीमा जनता बैंकको शाखा संख्या एक सय १६ पुगेको छ ।

चितवनका कुखुरामा बर्डफ्लु देखियो

चितवनमा बर्डफ्लु देखापरेको छ। खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो।

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्