अन्नपूर्ण क्षेत्रका होटल: टहराबाट उकासिएको व्यावसायिक रुप
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र २०३८ सालदेखि होटल खोल्न थालिएको थियो। पदयात्रामा विदेशी पाहुना जान थालेपछि परम्परागत टहरालाई होटलको रुप दिएर पाहुनालाई जसोतसो बास बसाल्न थालिएको थियो। सामान्य टहराबाट सुरु भएको होटल व्यावसाय फस्टाउँदै जाँदा साढे चारदशक अवधिमा अन्नपूर्ण क्षेत्रमा मात्र १४ सय बढि होटल संचालनमा आएका छन्। ती होटलमा अर्बाै रुपैयाँको लगानी भएको छ।

