१७ फाल्गुन २०८० बिहीबार

पोखराको नयाँ मापदण्डः पाँचतला भन्दा अग्ला घर बनाउन पाइने, तर लिफ्ट राख्नैपर्ने

पोखरा महानगरभित्र पाँचतला वा १७ मिटर भन्दा अग्ला घर बनाउँदा लिफ्ट अनिवार्य गरिएको छ। त्यसले गर्दा अब बन्ने सबै अग्ला भवनमा लिफ्ट जडान हुनेछन्।

पोखरा भित्रिने पाहुनासँग बाटोमै मोलमोलाई

पर्यटन व्यावसायीका अनुसार पोखरा भित्रिने मूख्य नाकामा पछिल्लो समय केही युवाहरु सवारी सहित खटिने गरेका छन्। दुइ वा चारपांग्रे सवारीमा नाकामा खटिने ती युवाले नाका हुँदै भित्रिएका पाहुनाको पिछा गर्छन। गण्डकी भन्दा बहिर रजिष्टर्ड भएका सवारी कुरेर बस्ने उनीहरुले गाडीमा पाहुना देख्नासाथ पछ्याउने उनीहरुलाई जर्बजस्ती आफ्नो होटलमा लैजाने प्रयास गर्ने गरेका छन।

पोखराको भवन मापदण्डः ५ तलामाथिका घरलाई के गर्ने ?

पोखरामा मापदण्ड विपरित ५ हजार भन्दा बढी भवन बनेको अनुमान पोखरा महानगरकै छ। १० तलाको भवनमात्रै १९ वटा बनेको महानगरकै कर्मचारी बताउँछन्।

भुईँ छाड्नै लागेको जहाजमा ‘ब्रेक’ लागेपछि...

धावनमार्गमा पुगेपछि जहाजले उड्ने तयारीका साथ ‘स्पिड’ लियो। जहाजको स्पिडसँगै यात्रु पनि उड्न पाइनेमा ढुक्क थिए। तर, भुईँ छाड्ने बेला हुनै लाग्दा जहाजले एकाएक ‘ब्रेक’ लगायो।

पोखराका होटलमा सुविधा थपिए, मूल्य थपिएन

व्यावसायिक प्रतिश्पर्धा अधिक भएको तर, पाहुना आगमनमा सोचेजस्तो सुधार नहुँदा पोखराको पर्यटन क्षेत्रले आम्दानी गर्न नसकेको गुनासो यहाँका व्यावसायीले गर्ने गरेका छन्। पाहुना आगमनको उतारचढावले व्यावसायमा लाभ नपाएको उनीहरुको भनाई छ। पाहुनाको माग बढी तर, आगमन कम हुँदा प्रतिश्पर्धा बढ्दै जाँदा वर्षाै अघिदेखिकै मूल्यमा होटलको कोठा बेच्नुपरेको व्यावसायीको भनाई छ।

मनमोहन मेमोरियल कप राष्ट्रिय क्रिकेटको उपाधि मधेस प्रदेशलाई

मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

पोखराको महेुन्द्रपुलमा झन्डापार्क तयार

पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा प गन्तव्य थपिएको छ। पोखरामा ‘अन्तर्राष्ट्रिय झण्डा पार्क’ पनि थपिएको हो। पोखरा महानगरपालिका–९ महेन्द्रपुल चोकमा निर्माण भएको ‘अन्र्तराष्ट्रिय झण्डा पार्क’ले पर्यटन क्षेत्रमा थप सुन्दरता थप्ने विश्वास पर्यटन क्षेत्रको छ।

झन्डापार्कले पोखरामा थप्यो सौन्दर्य

पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा पर्यटकीय गन्तव्य थपिएको छ– झन्डापार्क।

बंगलादेशबाट पोखरासम्म उडान गर्न सुझाव

अहिले बंगलादेशबाट काठमाडौंसम्म मात्र सिधा हवाई उडान भईरहेको छ। बंगलादेशलाई पोखरासम्मका सिधा हवाई उडानले जोड्न सके आगामि दिनमा पोखरा भित्रिने बंगलादेशी पाहुनाको आकार बढ्ने व्यावसायीको भनाई छ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि केन्याली धावक जुलियासलाई, महिला हाफ सन्तोषीलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन्।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १४ देशका १० हजार दौडिने

पोखरामा आगामि शनिबार पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने प्रतियोगिताको यो १८ औं संस्करण हो।

प्रेममय लेकसाइड

अरु बेला पनि पोखराेकाे लेकसाइडमा पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए।

कागजमा खानेकुरा पोको पारेर बेच्न पोखरा महानगरको रोक

मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा स्वास्थ्यमा असर पर्ने भन्दै महानगरले रोक लगाएको हो।

पोखरा–मुग्लिन सडक: सर्वत्र दवावपछि बिस्तारले गति लिँदै

समय घर्किनै लाग्दा पनि सोचेजस्तो प्रगति नभएको भन्दै पोखरा–मुग्लिन सडक खण्डको बिस्तारमा भएको भौतिक प्रगतिप्रति अधिक आलोचना हुने गरेको छ। पर्यटकीय सहर पोखरा भित्रिने मुख्य राजमार्ग भएकोले पनि यो खण्डमा धेरैको ध्यान जाने गरेको छ। तर, सर्वत्र दवावमा पछिल्लो समय राजमार्ग बिस्तारले केही लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्