३ जेष्ठ २०८२ शनिबार
image/svg+xml

अन्तरप्रदेश उडानमा सधैंको रटान, सुरु भएका उडान टिकाउने प्रयास हुँदैन

अन्तरप्रदेश उडान सुरु हुँदै गर्दा पोखराबाट कुनैबेला मुलुकका विभिन्न आठवटा विमानस्थलमा नियमित हवाई उडान हुन्थ्यो। अहिले ती गन्तव्यको संख्या कटौती हुँदैजाँदा चारवटामा झरेको छ। यात्रु अभावमा अरु चारवटा गन्तव्यका उडानले निरन्तरता पाउन सकेनन्।

पोखरामा यात्रुबस दुर्घटना

पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा आठजना यात्रु घाईते भएका छन्। बस शान्तिस्तुप क्षेत्रबाट पोखरा ओर्लिदै थियो।

पोखरामा यात्रुबस दुर्घटना हुँदा आठजना घाईते

पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा आठजना यात्रु घाईते भएका छन्।

पोखरा महानगर भन्छः सर्वाेच्चको आदेश अनुसार बुधबारसम्म विद्यालय खोल्न भनेका हौं

शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन रोकिएपछि पोखरा महानगरपालिकाले आगामि बुधबारसम्म विद्यालय संचालन गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले तीनदिनभित्र विद्यालय संचालन गर्न भनेर सरकारलाई दिएको आदेशको समय मंगलबार सकिने भएकोले बुधबारदेखि विद्यालय संचालन गर्न अनुरोध गरेको महानगरले बताएको छ।

शिक्षक आन्दोलनले पोखराका विद्यालय खुल्ने दिन धकेलियो

शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै पोखरा महानगरपालिकाले विद्यालय संचालनको सुरुवाती दिनलाई तीनदिन पछाडि धकेलेको छ। यसअघि सोमबारबाट विद्यालय संचालनको दिन तोकिएकोमा अब विहीबादेखि पठनपाठन सुरु हुने पोखरा महानगरपालिकाले बताएको छ।

असिनाबाट सुन्तलाका बोट जोगाउन जाली

कास्कीमा सुन्तलाका बोट जोगाउन योपटक नयाँ जुक्ति निकालिएको छ। त्यो हो, सुन्तलाका बोटलाई नै ढाक्नेगरि जाली प्रयोग गर्ने। सुन्तलाका बोटलाई जालीले ढाकेर असिनाबाट जोगाउने उपाय थालिएको छ। मान्छेले वर्षाबाट जोगिन छाता ओढेजस्तै सुन्तलाका रुखलाई जालीको छाता ओडाएर असिनापानीको मारबाट जोगाउने प्रयास गरेको किसानले बताएका छन्।

सहरदेखि पदमार्गसम्म पर्यटकीय चहलपहल

मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका अधिकांश होटल आन्तरिक र बाह्य पर्यटकले भरिभराउ छन्। कतिपय चल्तीका होटलमा त बेलैमा बुकिङ नगरे कोठा पाउन पनि मुस्किल छ। त्यस्तै अवस्था पोखरा आसपासका क्षेत्रका होटलमा पनि रहेको त्यहाँका व्यावसायीले बताएका छन्। पदमार्ग क्षेत्र पनि अहिले पाहुनाले भरिभराउ भएको त्यहाँका व्यावसायीले बताएका छन्।

पोखराको पर्यटन क्षेत्रः ६ महिनामा झन्डै चारअर्ब लगानी थपियो

पोखराको पर्यटन क्षेत्रमा पछिल्लो ६ महिना अवधिमा कम्तिमा आठवटा नयाँ होटल थपिएको व्यावसायीले बताएका छन्। केही होटल अझै थपिने क्रममा रहेको उनीहरुको भनाई छ। पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको भन्दै धमाधम लगानी बढाईरहेको व्यावसायीले बताएका छन्। होटल क्षेत्रमा मात्र भईरहेको लगानी ठूलो रहेको उनीहरु बताउँछन्।

बाक्लो तुँवालोले निसासियो पोखरा

पोखरा खुल्दा देखिने हिमाली श्रृंखला लामो समयदेखि देखिएका छैनन। आसपासका डाँडाकाँडा समेत यो बेला देख्न सकिन्न। खरानीको धुलो र धुँवा बजारमा फैलिएपछि अत्यासलाग्दो अवस्था आएको पोखरेलीको गुनासो छ।

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विगत २४ घण्टादेखि बन्द रहेको छ। बाक्लो तुँवालो हट्न नसकेपछि आइतबार बेलुकी ५ बजेदेखि बन्द रहेको विमानस्थल खुल्न नसकेको हो। विमानस्थल बन्द हुँदा हवाई उडान रद्ध भएका छन्।

तुँवालोले ढाक्यो पोखरा, पर्यटन क्षेत्रमा सकस

पोखरा क्षेत्रलाई तुँवालोले ढाक्न थालेको धेरै नै दिन भयो। त्यसको प्रभाव मानव स्वास्थ्यदेखि आर्थिक गतिविधिमा समेत पर्न थालेको छ। तुँवालोका कारण नागरिकले घरबाहिर निस्कन डराउने अवस्था आएको गुनासो गरेका छन्। तुँवालोका कारण पर्यटकीय गतिविधि प्रभावित भएको पर्यटन क्षेत्रको गुनासो छ।

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बाक्लो तुवाँलोका कारण भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। दिउँसो सवा ४ बजेपछिका सबै उडान रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

आन्तरिक पाहुनालाई फेवा महोत्सवको निम्ता

पोखरामा हुने फेवा नववर्ष महोत्सवका लागि पोखरेली व्यावसायीले काठमाडौंका पाहुनालाई आमन्त्रण गरेका छन्।

चिनियाँ सहरसँगको हवाई सञ्जालले हौसियो पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार एकैपटक सेड्यूअल र चार्टर गरि दुइ अन्तर्राष्ट्रिय उडान भए, ती दुवै उडान चिनियाँ सहरका लागि भएका थिए। पछिल्लो समय पोखराले चिनियाँ पाहुना भित्र्याउने प्रयास थालिरहँदा सुरु भएका अन्तर्राष्ट्रिय हवाई उडानले पोखराको पर्यटन क्षेत्र हौसिएको छ। चिनियाँ पर्यटक भित्र्याउन सकेको खण्डमा पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा ‘भाइब्रेट’ आउने व्यावसायीको विश्वास छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको पक्का भएको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइटको तयारी गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्