२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनसँग रेलमार्ग निर्माणसहित १० वटा सम्झौता

नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा विहीबार सम्झौता भएका छन्। यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ।

निफसँग चीनको हातेमालो

नेपालमा गत वर्षबाट सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’लाई चीनको चलचित्र महोत्सवले सघाउने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालमा सुरु भएको महोत्सवलाई सघाउन चिनियाँ र नेपाली प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ।

नेपालको समृद्धिमा चीनले सघाउँछ : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले चाँडै नेपाल भ्रमणमा आउने बताएका छन्। चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटमा राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार नेपाल र चीनबीच विभिन्न ८ सम्झौता भएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा दुबै देशका सरकारी र निजी क्षेत्रका संस्थासँग विभिन्न सम्झौता पत्रमा हस्ताक्षर भयो।

चीनमाथि थप ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

अमेरिका र चीनबीच बढ्दो व्यापारिक तनाबकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप दुई सय विलियन मूल्यबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने चेतावनी दिएका छन्।

उत्तर कोरियाली नेता किम तेस्राेपटक चीन भ्रमणमा

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा अाउन लागेका छन्। उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ अाउन लागेका हुन्। किमकाे याे तेस्राेपटककाे चीन भ्रमण हाे।

ओलीको चीन यात्रा

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारदेखि सुरु हुने छदिने औपचारिक भ्रमणबाट नेपालमा चिनियाँ सहयोग र सहकार्य अभिवृद्धि हुने अपेक्षा गरिएको छ। चीनसँगको हार्दिकतापूर्ण सम्बन्धमा यो भ्रमणबाट थप आयाम उजागर हुनसक्छन्। आफ्ना चिनियाँ समकक्षी ली खछाङको निमन्त्रणामा चीन भ्रमणमा रहँदा झन्डै आधादर्जन समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी सरकारले दिएको छ।

प्रधानमन्त्री ओली ११९ जनाको टोलीसहित चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान ९ बजे ११९ जनाको टोलीसहित चीन प्रस्थान गरेका हुन् ।

‘चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्छाैं’

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्ने बताएका छन्।

संसदलाई प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

प्रधानमन्त्री केपी शर्मा अाेलीले भाेलीबाट हुने चीन भ्रमणबारे संसदलार्इ जानकारी गराउने भएका छन्र। आज अपराह्न ४ बजे बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन्।

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताएका छन्। चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै उनले भने, ‘तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु।’

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ।

प्रधानमन्त्रीलाई डा. भट्टराईको सुझाव, चीनसँग थप नाका खोल्नेबारे कुरा गर्नुस्

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको सन्दर्भमा १० बुँदे सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्