२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन्। वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन्।

पपुवा न्यु गिनीका प्रधानमन्त्रीको चीन भ्रमण

पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली अगामी जुन २० देखी २६ सम्मका लागी चीन भ्रमणमा जान लागेकाे चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकालाई चीनको आग्रह

व्यापारको विषयमा सही निर्णय लिन अमेरिकालाई चीनले आग्रह गरेको छ ।चिनियाँ सामग्रीमा भन्सार कर (ट्यारिफ) लाई सक्रिय बनाउनेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयारी गरिरहेकै बेला वासिङ्टनले विवाद गर्ने निर्णय रोजे त्यसको प्रतिवाद गर्न आफू तयार रहेको भन्दै बिहीबार बेइजिङले यस्तो आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

‘चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध तत्काल नहटाउने’

चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणमा के के सम्झौता हुँदैछन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन्।

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन्।

प्रधानमन्त्रीको चीन भ्रमण तय

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली असार ५ गते त्यस तर्फ जान लागेका हुन्। उनी असार १० गते स्वदेश फर्केन कार्यक्रम रहेको छ। भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतित पूर्वाधान तथा यातायातमन्त्री रघुवीर महाशेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ।

योगेश भट्टराई भन्छन् : प्रधानमन्त्रीको चीन भ्रमणमा अलैंची निकासीबारे छलफल होस्

नेकपाका संसद योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैंची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिएका छन्।

रूसका राष्ट्रपति पुटिन चीनमा, ट्रम्पसँग भेट्न आतुर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन्। “अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु”, आइतबार उनले भने।

एससिओ शिखर सम्मेलन चीनमा सुरु

युरोप र एसियाली महादेशका प्रभावशाली नेताहरु १८औं सांघाई सहयोग संगठन (एससिओ) का लागि चीनको तटीय जिङदाओ सहरमा भेला भएका छन्।

'चीनको भूमिका महत्वपूर्ण'

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरियाली प्रायद्वीपको विषयमा चीनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

अक्षयकुमारको ‘ट्वाइलेट’ चीनमा रुचाइयो

बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ले चीनमा आक्रामक व्यापार गरेको छ। भारतीय बक्स अफिसमा हिट भएको फिल्मले चीनमा पनि राम्रो सुरुवात गरेको हो।

भारतीय प्रधानमन्त्री फेरि चीन जाँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन्। केही हप्ता अगाडि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सी जिन पिङलाई भेट्न लागेका हुन्।

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्