१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अस्वीकार्य भ्रष्टाचारमैत्री कानुन

मौजुदा ऐनमा कसैले भ्रष्टाचार गरेमा उजुरी तथा कारबाहीका लागि हदम्याद तोकिएको थिएन। सरकारी सम्पत्ति हिनामिना गर्नेहरू जहिले पनि कानुनी दायरामा आउन सक्थे। यही हदम्याद नलाग्ने प्रावधानकै कारण धेरै नेता तथा कर्मचारीहरू दण्डित भएका पनि हुन्।

`राष्ट्रपतिलाई छैन ७६ (३) को सुविधा´

प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते आलोपालोमा सरकार गठन गर्ने सहमति भएको छ। दुई दलीय सहमतिसँगै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा १८ महिनाअघि २०७९ पुस १० गते बनेको सरकार विस्थापित हुने निश्चितप्रायः छ।

स्थानीय तहका जनप्रतिनिधिद्वारा कटौती भएको बजेट माग

स्थानीय तहका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट माग गर्दै अर्थ मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठक चार बजेका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक चार बजेका लागि सरेको छ। दिउँसो ११ बजेपछि बस्ने भनिएको बैठक १२ बजेसम्म पनि सुरु भएको थिएन।

संसदीय समितिहरूले काम गर्न सकेको देखिँदैन : शुक्ला

प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।

अघि बढेनन् अघिल्लो संसदमा अलपत्र विधेयक

प्रतिनिधिसभा र राष्ट्रियसभामा अघिल्लो संसद् २०७४ देखि २०७९ सम्ममा संसद्मा निस्क्रिय भएका २७ विधेयकमध्ये २६ विधेयक अझै दर्ता भएका छैनन्।

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ।

इलाम उपनिर्वाचन : माङ्सेबुङ– ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन

प्रतिनिधिसभा सदस्यका लागि इलाम– २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ।

इलाम उपनिर्वाचन अपडेटः सुहाङले झन्डै ३ हजारले मतान्तर बढाए

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ।

लगानी सम्मेलनमा कुन-कुन देश र को-को सहभागी छन्?

सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्।

लगानी सम्मेलनमा ६० देशका प्रतिनिधि : लगानीकर्तालाई भरोसा दिलाउने प्रयास

विदेशी लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्।

फेरिँदै छ वीरगञ्जको मुहार

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्षदेखि संविधानसभाका सदस्य भएका ओमप्रकाश शर्माले वीरगञ्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थालेका छन्।

इलाम २ः मतगणनाका लागि सर्वदलीय/सर्वपक्षीय बैठक जारी

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फको मतगणना सुरु गर्ने विषयमा सर्वपक्षीय सर्वदलीय बैठक अहिले जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्