प्रेममय लेकसाइड
अरु बेला पनि पोखराेकाे लेकसाइडमा पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए।
अरु बेला पनि पोखराेकाे लेकसाइडमा पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए।
पोखरा आफैंमा प्राकृतिक सुन्दरताले भरिपूर्ण सहर हो। तालै तालको सहर पोखरालाई कुमारी हिमाल माछापुच्छ«े र अन्नपूर्ण हिम शृंखलाले थप मन्त्रमुग्ध बनाएको छ।
डिसेम्बरको तेस्रो साता सुरु भएपछि पोखराको लेकसाइडक्षेत्रमा चहलपहल सुरु हुन्छ। सुरु नहोस् पनि किन ? पाँचदिने पोखरा सडक महोत्सवको संघारमा रहँदा फेवा किनारमा छुट्टै रौनक आउँछ।
चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।
उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ।
अहिले तेस्रो मुुलुकका पर्यटक भित्रिने मुख्य सिजन हो। यस बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तीमा ८० प्रतिशत हुनुपर्नेमा २० मात्र रहेको भन्दै यहाँका पर्यटन व्यवसायीले चिन्ता जनाएका छन्।
पर्यटकीय सिजनको मुखमा तीनसाता अघि ठुलो आकारमा मानवीय क्षति हुनेगरि पोखरामा जहाज दुर्घटना भयो। त्यसबाहेक पोखरा भित्रिने मुख्य नाका पृथ्वीराजमार्ग अहिले बिस्तारको क्रममा छ । हवाई दुर्घटना र बिस्तारको क्रममा रहेको सडकले गर्दा पर्यटक आउजाउ रोकिँदा पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै यहाँका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनमा सघाउन प्रदेश सरकार गुहारेका छन्।
अंग्रेजी नयाँवर्ष २०२३ को स्वागतार्थ शनिबारको रात पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड रातभर झुम्यो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पोखरामा आयोजना गरेको सडक महोत्सवमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक होमिएका थिए।
बारका कर्मचारी यतिबेला अति नै व्यस्त छन्। कारण–राती अबेरसम्म विश्वकप फुटबलका खेल हेर्न आएका पाहुनाका लागि खानपिन र बस्ने सिट व्यवस्थापन गर्दै कर्मचारीलाई भ्याई न भ्याई हुन्छ।
अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।
पर्यटन क्षेत्र पुन ओरालो लागेको भन्दै व्यवसायी चिन्तित बनेका छन्। यतिसम्म की कतिपय व्यवसायीले त व्यवसायको बोहनी समेत गर्न पाउँदैनन्। बेलुकी सातबजे नै लेकसाइड सुनसान हुने गरेको व्यवसायीले बताएका छन्।
राती अबेरसम्म खुल्ने डान्स, डिस्को, दोहोरी लगायतका व्यवसायका कारण पछिल्लो समय पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको ‘नाइट लाइफ’ कोलाहलपूर्ण बन्दै गएको व्यवसायीको भनाई छ। पोखरा घुम्न आएका पाहुनालाई सुविधा होस भनेर राती अबेरसम्म व्यवसाय खोल्न प्रशासनले अनुमति दिएपनि रात्री जीवनशैली झनै कोलाहलपूर्ण बनेको स्थानीयको गुनासो छ।
कोरोना भाइरस संक्रमणको दोश्रो लहरसँगै बन्द रहेका पोखराका ठुला आकारका होटल संचालनमा आउन थालेका छन् । पर्याप्त पाहुना नभएपनि होटललाई चल्तीकै अवस्थामा टिकाइरहनका लागि पनि होटल संचालनमा ल्याउनुपरेको व्यवसायीले बताएका छन् ।
आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पतालसम्म आउजाउमा सघाउने गरि यहाँका पर्यटन व्यवसायीले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन थालेका बिरामी र आफन्तलाई आउजाउमा सघाउनेछन् ।
पर्यटकीय ‘सिजन’ होस वा ‘अफसिजन’ लेकसाइड धेरैजसो समय राती अबेरसम्म जागै रहन्थ्यो । बिहानीपखको केही घण्टा बाहेक लेकसाइडले मध्यरातसम्म आफुलाई सुस्ताउन दिदैनथ्यो । तर, जब कोरोना भाइरस संक्रमण सुरु भयो, अहिले लेकसाइड दिउँसै भुसुक्क निदाएजस्तो देखिएको छ ।