अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क रुपमा कृत्रिम हातखुट्टा
चौधरी फाउण्डेसनको पहल तथा भारतीय दूतावासको सहकार्यमा नवलपरासीका ५ सय जनालाई कृत्रिम अंग प्रदान गरिने भएको छ। चौधरी फाउण्डेसनको पहलमा भारतको महावीर विलाङ्ग सहायता समिति जयपुरले कृत्रिम अंग सहयोग गरेको छ। जसमा हातखुट्टा रहेका छन्।