१२ आश्विन २०८१ शनिबार
image/svg+xml

जाजरकोट भूकम्पः चिसोबाट सुत्केरीको मृत्यु

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

न पति रहे, न गर्भे शिशु

शुक्रबार आएको विनाशकारी भूकम्पले उनको खुसीलाई छिनभरमै चुडायो। भेरी अस्पतालको प्रसूति वार्डमा रहेकी जमुना यतिबेला विक्षिप्त अवस्थामा छिन्।

भूकम्प पीडित भन्छन् ‘अहिलेसम्म राहत पाएको छैन’

शेरबहादुरले भने, 'मैले अहिलेसम्म राहत पाएको छैन। घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ।' कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनले बताए।

खुला आकाशमुनि रात बिताउँदा...

शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो। उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन।

नलगाड अस्पतालका डा.उप्रेती भन्छन्ः ब्ल्याङ्केट, स्ट्रेचर र टेन्ट चाहियो

जाजरकोटको नलगाड नगरपालिकाको नगर अस्पतालमा कार्यरत डा.विशाल उप्रेतीले तत्काल राहत सामग्री चाहिएको बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिका बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र जाजरकोट जिल्लाको नलगाड नगरपालिका बीच बिहीबार सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

३१ महिनामा पूरा हुने डिपिआर छ वर्षमा पनि निर्माण भएन

एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन।

दसैँका लागि विपन्न परिवारलाई खाद्यान्न

अर्थाभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए।

ऊर्जा मन्त्रीको प्रश्नः नलगाडको डीपीआरमा किन ढिलाई ?

जाजरकोटमा आयोजना स्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा प्रगति नभएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आपत्ति जनाएको छ।

नलगाड जलविद्युत आयोजनाको डिपिआर चाँडै सक्न निर्देशन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सक्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन्।

प्रति रोपनी ६ लाखले बढ्यो मुआब्जा

उच्च प्राथमिकतामा राखेर जाजरकोटमा निर्माण गर्ने भनिएको ४ सय १० मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको तर्फबाट वितरण गरिने मुआब्जाको रकम बढाइएको छ।

नलगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ। आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो।

डिपिआरको काम गर्ने मजदुरले ज्याला पाएनन्

नलगाड हाइड्राे पावर कम्पनीको विस्तृत योजना प्रतिवेदन ९डिपिआर०को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन्। बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन्। निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन्।

दुईपटक म्याद थपियो, डिपिआर टुंगो लागेन

सरकारले जलाशययुक्त ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न दुईपटक म्याद थप गरिसक्यो। तर, काम जिम्मा पाएको स्मेक, एमडब्लुएच–उदय कन्सल्ट्यान्ट ज्वाइन्ट भेन्चर कम्पनीले अझैसम्म सरकारलाई डिपिआर बुझाउन सकेको छैन।

अझै तुइनकै भर

नलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षाैं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो। २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। त्यो खबर सुनेर पुन निकै खुसी भएका थिए। तर तीन वर्षसम्म पनि त्यो वाचा पूरा हुन सकेको छैन। तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि उनी थप निरास बनेका छन्। ‘कहिले होला यो तुइनबाट छुटकारा पाउने ?’ उनले दुखेसो पोख्दै प्रश्न गरे, ‘कुन नेता र सरकारले तुइन चल्ने ठाउँमा गतिलो पुल बनाइदेलान् ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्