डोटी जिप दुर्घटनाः वडासचिवसहित चारजनाको मृत्यु (अप्डेट)
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नोवेल कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न डोटीमा चार ठाउँमा सहायता कक्ष स्थापना गरिने भएको छ। विश्वभर महामारीको रुपमा फैलदा यसको जोखिम कम गर्न जिल्लाका चार ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।
जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन्। रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ।
जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ। डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन्।
शिखर नगरपालिकाकामा डकैँतीको शैलीमा दुईवटा बसमा आक्रमण र लुटपाट भएको छ। आइतबार राती अछामबाट टिकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बस डोटीको शिखर नगरपालिका–६ तल्कोटमा लुटिएका हुन्।
यहीँ साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो। वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाइयो। त्यसको एकसाता नबित्दै शनिबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि सोही घटना दोहोरिएको छ। राती कार्यालयको चैनगेट फोरेर भित्र पसी कार्यालयका सम्पूर्ण कागजातहरु जलाएर नष्ट गरिएका छन्।
डोटीका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन्। स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरीदमा खर्च गरेका छन्।
जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन्। सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन्।
डोटीको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो। गाउँभरी सबैतिर रुवाबासी चलेको थियो।
अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा शुक्रबार राति १२ बजे लु१च २५०८ नम्बरप्लेट भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।
डोटीको केआईसिँह गाउँपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
७ नम्बर प्रदेशको स्थायी राजधानी माग्दै आज डोटी बन्द गरिएको छ। विहानैदेखी सडक, बजार, सरकारी तथा गैह्र सरकारी कार्यालय, शिक्षण संस्था लगायत बन्द गरिएका छन्। बिहान नौबजेबाट सडक समेत बन्द गरिएको छ। जसले पुरै जिल्ला ठप्प पारेको छ।
दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं. को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
डोटीको जोरायल क्षेत्रमा तरकारीमा लाग्ने खतरनाक किरा ‘टुटा एब्सोलुटा’ भेटिएको छ। जोरायल गाउँपालिका–१, गैराका किसानका बारीमा लगाईएको गोलभेँडामा सो किरा भेटिएको हो।