१० मंसिर २०८१ सोमबार
image/svg+xml

विजयको उन्मादमा नमात्तिउँ: माधव नेपाल (भिडियो)

नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विजयको उन्मादमा नमात्तिन बामपन्थी गठनलाई सचेत गराएका छन्। काठमाडौं २ बाट विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले बापमन्थी गठबन्धनको भूमिका जनतालाई सुखी र शक्तिशाली बनाउन भएको बताए।

माधवकुमार नेपाल दोब्बर मतले विजयी

काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भएका छन्।

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन गरेकामा नेपाललाई बधाई दिएका छन् ।  गुटरेजले निर्वाचनका बाँकी चरण पूरा गर्न सबै दलहरुले निर्वाचन गराएजस्तै व्यवहार प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

काठमाडौँ २मा दोब्बर मतसहित माधव नेपालको अग्रता

मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरेका वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २मा  प्रतिनिधि सभा उम्मेदवार नेकपा एमालेका माधब कुमार नेपालले १६८४ मतसहित अग्रता कायम नै गरेका छन् ।

काठमाडाैँ २ मा माधव नेपाल अगाडि

काठमाडौ क्षेत्र नं २ मा नेकपा एमाले माधव नेपाल अगाडि देखिएका छन् । माधव नेपालको पक्षमा ५४ प्रतिशत, विवेकशिलका सूर्यराज आचार्य २० प्रतिश र नयाँ शक्तिका गणेशप्रसाद सिंखडाको पक्षमा १६ प्रतिशत मतदाता देखिएका छन् ।

नेपाल ७ विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा बुधवार साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार गर्‌याे ।

ढुक्क हुनुहाेस् सुरक्षा व्यवस्था मिलाइएको छ: नेपाल प्रहरी

नेपाल प्रहरीले  बिहीवार हुने निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गरिएको बताएको छ । बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले एउटा मतदान स्थलमा ६५ जना सुरक्षाकर्मी खटाइएको जानकारी दिएको छ । 'थप सुरक्षाकर्मी र हवाई सुरक्षाको पनि प्रवन्ध मिलाइएको छ, प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने, ' कुनै स्थानमा केही भएमा ५ मिनेटभित्रै सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ ।'

नेपाली राजदूत सुन्दास र बहराइनका श्रममन्त्री हमाइदान बीच भेटवार्ता

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उनकै ‘वेस्ट टावर’ स्थित कार्यकक्षमा भेटवार्ता गरेका छन्।

जापान–नेपाल सम्बन्ध

नेपाल र जापानबीचको सम्बन्धको आधार दुवै मुुलुकहरू एसिया महादेशमा रहनु, धर्म तथा संस्कारमा केही हदसम्म एकरूपता हुन जानु, बुद्धको जन्मथलो नेपाल रहनु र बुद्ध धर्मका कारण जापानीहरूबीच नेपाल आकर्षणको केन्द्रविन्दु रहन जानु, नेपालको हिमालय लगायतका हिमशृंखलाहरू जापानीहरूका लागि आकर्षणको विषय रहनु र जनस्तर तथा सरकारी स्तरबाट नेपाल विकासमा अघि बढ्दै जाँदा जापान आर्थिक सहायतामार्पmत सम्बन्ध बढाउन उत्सुक हुनु आदि नै हुन् ।

निरर्थक खेलमा नेपाल–युएई आमनेसामने

आइसिसी विश्व क्रिकेट लिग च्यामिम्पयनसिपको शीर्ष चारमा रहने मौका गुमाइसकेको नेपालले प्रतियोगिताअन्तर्गत अन्तिम चरणको खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दै छ।

ब्याडमिन्टनमा नेपाल फाइनलमा

भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

निर्वाचनको लागि नेपाल भारत सीमा बन्द

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ।

अभ्यास खेलमा नेपाल विजयी

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार अभ्यास खेलमा केन्यामाथि ६ विकेटको विजय हासिल गरेको छ ।

चुनाव पर्यवेक्षण गर्न थाई पूर्वउपप्रधानमन्त्री नेपालमा

२१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षण गर्न थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री काठमाडौं आएका छन् । कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसन प्रमुख भई उनी यहाँ आएका हुन् । कार्टर सेन्टरको पर्यवेक्षण टोलीमा अमेरिकाका पूर्वराजदूत पिटर बर्ले पनि छन् ।

वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ : नेपाल

नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन्।  उनले वाम गठबन्धनको सरकार बनेपछि कानुनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्