३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सभापति देउवाद्वारा सहकारी विभागमा १० जना सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।

एनसेल जोगाउन राजनीतिक सहमति!

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै मिलेमतोमा एनसेलको स्वामित्व नेपाली नागरिकलाई हस्तान्तरण गरिएको आरोप छ।

एमालेको चियापनमा पुगे काँग्रेस सभापति देउवा

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका हुन्।

‘समस्या राजनीतिक दल होइनन् , गरिबी र भ्रष्टाचार हुन्’

नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलका शीर्ष नेताले यस्तो बताएका हुन् ।

संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।

कांग्रेसी बैठकमा ‘कचमले’

कांग्रेस शीर्ष बैठकमा सत्तासुख सबै सुखको मुहान बनेझैँ देखियो। बरु एमालेलाई लडाउन नेतृत्व सफल भएकोमा कांग्रेसजन गौरवान्वित भएको मज्जैसँग झल्कियो।

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्य समिति बैठकः हात्ती आयो हात्ती आयो फुस्सा

करिब एक वर्ष पछि बसेको सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बुधवार साँझ सकिएको छ। दुई–दुई महिनामा बस्नुपर्ने बैठक एक बर्षपछि बस्दा पनि यसले अपेक्षाकृत रणनीति तर्जमा गर्न सकेन।

निसानामा महामन्त्रीद्वय

कांग्रेसका युवा महामन्त्रीहरू युवा र तन्नेरीसँग जोडिन नसकेको टिप्पणी पनि सुनिन थालेको छ। युवा नेताहरूले पनि तन्नेरी पुस्ताको विश्वास जित्न सकेनन्। युवा नेताहरूको ध्यान पनि संगठन होइन, गुट बनाउने र भत्काउने होडमै केन्द्रित भएको गुनासो छ।

अझै गएन कांग्रेसको इतर पक्ष सरकारमा, राष्ट्रपति निकटलाई पनि चाहियो मन्त्री

यी घटनाक्रम हेर्दा मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी छ। मन्त्रीहरूको शपथ पनि जारी छ। र, अझै पनि सरकार पूर्ण रूपले विस्तार भइसकेको छैन। यो विस्तार हुने क्रम पनि जारी छ।

देउवालाई ओलीको प्रश्नः २०५८ मा तपाईंले होइन संसद विघटन गरेको?

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ओली र देउवा बिच संसद विघटनको विषयमा जुहारी चलेको हो।

राष्ट्रिय सहमतिको झल्को

प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरूबीच घोचपेच हुन्छ कि भन्ने धेरैको अनुमान थियो। तर सोमबारको बैठकमा ठुलासाना कुनै पनि दलका नेताहरूले नयाँ सरकारको विपक्षमा आवाज उठाएनन्।

प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा

सोमबार राति प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति देउवासँग विश्वासको मत माग्न धुम्बराही पुगेको शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिएका छन्।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिग्रेको राजनीति बचाउन गठबन्धन विजयी हुनुपर्छः प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो। 'संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले', देउवाले भने, 'संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भंग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्