६ आश्विन २०८१ आइतबार
image/svg+xml

मलेसियामा भ्रामक समाचार लेख्नेलाई छ वर्ष जेल

भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था मलेसियाको संसदले गरेको छ।

मलेसिया जानेको संख्या बढ्यो

गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ। श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ।

वैदेशिक रोजगारीमा जानेमध्ये एक तिहाइ मलेसियामा

विभागले जनाएको छ । गत वर्ष ६२ हजार सात सय ७६ ले गन्तव्य बनाएको कतार पहिलो स्थानमा थियो । पछिल्ला दिनमा कतारमाथि अन्य खाडी मुलुकहरुले गरेको नाकाबन्दीको असर नेपाली कामदारको मागमा समेत परेको छ।

मलेसियामा खुट्टा भाँचिदा पनि काम गर्न बाध्य

मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै एक नेपालीले बाध्य भएर काम गर्नुपरेको छ। रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका २७ वर्षीय रोशन बिश्वकर्मा भाँचिएको खुट्टा निको नहुँदै काम गर्नुपरेको हो।

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

मलेसिया र साउदीसँगको श्रम सम्झौता अलमलमा

नेपालले मलेसिया र साउदीसँग गर्ने खोजेको द्विपक्षीय श्रम सम्झौता अन्योलमा परेको छ । वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँगको श्रम सम्झौता अन्योलमा परेपछि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रयासमा अवरोध सिर्जना भइरहेको छ ।

मलेसियामा ज्यान गुमाएको नौ वर्षपछि बीमा रकम प्रदान

नौ वर्षअघि मेसिनमा च्यापिएर मलेसियामा ज्यान गुमाएका मृतक परिवारले बीमा बापतको रकम पाएका छन् । मलेसियाको ह्वेल्को इन्डष्ट्रि एसडिएन बिएचडी कम्पनीमा काम गर्नेक्रममा मेसिनमा पेलिएर २०६५ साल भदौमा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका खेमराज जोगीको परिवारले लामो समयपछि बीमा वापतको ५ लाख ८६ हजार रकम प्राप्त गरेका हुन् । कम्पनीबाट मृतकका बुवा रत्नबहादुर र आमा सितामायाँ जोगीको नाममा छुट्टाछुट्टै २ लाख ९३ हजारका दरले बीमा वापतको रकम प्राप्त भएको हो । लामो कसरतपछि मृतक परिवारलाई बीमा बापतको रकम उपलव्ध भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताईन् ।

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो। बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारकोक्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिए ।

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ । सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको बुधबार उनको परिवारले जनाएका छन् ।

यु–१९ क्रिकेट टोली मलेसियातर्फ

एसिसी यु–१९ युथ एसिया कपका लागि नेपाली युवा टोली मंगलबार राति मलेसिया प्रस्थान गरेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीले मलेसिया जानुअघि बंगलादेशमा तीन अभ्यास खेल खेलेको थियो ।  बंगलादेश भ्रमणमा गएको नेपाली टोली कात्तिक १६ गतेको पहिलो अभ्यास खेलमा ३ विकेटले पराजित भएको थियो भने १८ गतेको दोस्रो खेलमा १ सय २३ रनले हारेको थियो । १९ गतेको अन्तिम अभ्यास खेलमा नेपाल ६ विकेटले विकेटले विजयी भएको थियो।

मलेसिया बस दुर्घटनामा तीन नेपाली घाइते : नेपाली दूतावास

मलेसियाको पेनाङस्थित जुरु टोल प्लाजामा मंगलबार ८ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनामा तीन नेपाली परेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। मृत्यु हुनेमा ७ इन्डोनेसियाली र एक मलेसियन नागरिक थिए।

नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु

मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्