२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कपिलवस्तुमा डेंगुको संक्रमण फैलियो

कपिलवस्तु जिल्लामा डेंगुको संक्रमण फैलिँदै गएको देखिएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका पश्चिमी क्षेत्रमा एक महिनायता डेंगु रोगको संक्रमण फैलिँदै गएका हो। भारतीय सीमावर्ती बजार कृष्णनगर तथा चन्द्रौटा क्षेत्रमा अहिले डेंगु संक्रमण बढ्दै गएको हो।

चिनियाँ राजदूत र चाइना बुद्धिस्ट ऐशोसियनका उपाध्यक्ष प्राचीन कपिलवस्तुमा

जिवित बुद्धका रुपमा मानिएका चाइना बुद्धिस्ट एशोसियनका उपाध्यक्ष झुकाङ र नेपालकालागि चिनियाँ राजदूत वु चिन्ताई सहितको टोली सोमवबर प्राचीन कपिलवस्तुस्थित चार बुद्ध स्थलको अवलोकन भ्रमण गरेका छन्। लुम्बिनीहुँदै प्राचीन कपिलवस्तुमा आएको सात सदस्यीय टोलीले बुद्धस्थल निग्राधरमा कुदान, गोटिहवा, तिलौराकोट र निगालीकोटको भ्रमण गरेका हो।

कपिलवस्तुबाट १ सय ७१ जना मक्का मदिना जाँदै

कपिलवस्तु-साउदी अरब स्थित मक्का मदिना जानका लागि जिल्लाबाट हज यात्री प्रस्थान गरेका छन्। जिल्लाका तीन दर्जन गाबिसबाट १ सय ७१ हजयात्री हज यात्राकाक्रममा आईतबार काठमाडौं प्रस्थान गरेका हुन।

श्रीलंकाका तीन मन्त्री कपिलवस्तुमा

कपिलवस्तु- श्रीलंककाका तीन मन्त्री सहीतको टोलीले आईतवार बिहान प्राचिन कपिलवस्तु स्थित बुद्ध स्थल निग्राधराम कुदानको अवलोकन गरेको छ।

पूर्वयुवराज पारस सिद्धार्थले २८ वर्ष बिताएको तिलौराकोटमा

कपिलवस्तु-पूर्व युवराज पारस शाह मंगलावर दिउँसो सिद्धार्थ गाैतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र अाएका छन्। दिउँसो २ बजे बा १४ च २१३१ नम्बरको कालो पजेरो गाडी चढेर ३ साथीसँगै अाएका उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र भने प्रवेश गरेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्