यु–१९ एसिया कप : नेपालद्वारा अफगानिस्तानसामु १३२ रनको लक्ष्य प्रस्तुत
बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बिकेएसपी फोर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ मात्र बनाउन सक्यो। निर्धारित ५० ओभरको खेलमा नेपाली ब्याट्सम्यान अफगानिस्तानी बलरसामु क्रिजमा टिक्न सकेनन्।