२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

अफगानिस्तानलाई शृंखला

देहरादून – स्पिनर रसिद खानको ४ विकेटप्रेरित अफगानिस्तानले बुधबार दोस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।

यसअघि सोमबार सम्पन्न पहिलो खेलमा ४५ रनको विजयी नतिजा हात पारेको अफगानिस्तानले यस जितसँगै शृंखलामा २–० को अग्रता लिँदै शृंखला हात पारेको हो । बंगलादेशले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य अफगानिस्तानले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गयो।

अफगानिस्तानका समिउल्लाह सिनबारीले ४९ र मोहममद नाभीले अविजित ३१ रनको योगदान दिए । ४१ बल खेलेका सिनबारीले २ चौका र ३ छक्का प्रहार गर्दा १५ बलको सामना गरेका नाभीले ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर मोहम्मद सहजादले २४ र उस्मान घानीले २१ रन जोडे । बंगलादेशका मोसाडिक हुसेनले २ तथा अबु हैदर र रुबेल हुसेनले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रनको मध्यम योगफल खडा गरेको थियो । अफगानिस्तानका रसिदले ४ ओभरमा १२ रन खर्चंदै ४ विकेट लिएपछि बंगलादेशको इनिङ मध्यम योगफलमा रोकिएको थियो।

यस क्रममा रसिदले १६औं ओभरमा तीन विकेट लिँदै बंगलादेशको इनिङ थप धराशयी बनााएका थिए । १६औं ओभरको पहिलो बलमा बंगलादेशका कप्तान साकिब अल हसनलाई नाजिबुल्लाह जाडरानबाट क्याच गराएका रसिदले चौथो बलमा ओपनर तमिम इकबाल र पाँचाैं बलमा मोसाडिक हुसेनलाई पवेलियनको बाटो देखाएका थिए।

इकबाललाई अस्घर स्टानिकजाईबाट क्याच गराएका रसिदले हुसेनलाई एलबिडब्लुको सिकार बनाएका थिए । बंगलादेशका इकबालले सर्वाधिक ४३ रन जोडे ।४८ बल खेलेका इकबालले ५ चौका प्रहार गरे । शृंखलाअन्तर्गतको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App