१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ।

स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ।

रास्वपाद्वारा वडामा सङ्गठन निर्माणको प्रक्रिया सुरु, असोज २० सम्म उम्मेदवारी दिन पाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिति अद्यावधिक नभएका वडामा निर्वाचनको प्रक्रिया सुरु गरेको छ।

जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने

जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।

एनआइसीमा केवाइसी विवरण भिडियो कलमार्फत

एनआई सी एसिया बैंकले आफ्ना ग्राहकको लागि ल्याएको भिडियो केवाइसी सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाइसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्किम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ।

आजदेखि मतदाता नामावली अद्यावधिक

देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट आगामी बुधबारसम्म मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो ।

मतदाता नामावली अद्यावधिक गरिँदै

निर्वाचन आयोगले जिल्ला–जिल्लामा मतदाता नामावली अद्यावधिक गर्दैछ। आउँदो १५ देखि २१ गतेसम्म देशका ७ सय ५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो।

माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै

प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ।

नेपालको अद्यावधिक अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत

सरकारले नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ।

अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघ पठाइने

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर अद्यावधिक गरेको नयाँ नक्सा भारतसहित सबै मित्रराष्ट्रलाई पठाउने भएको छ। संघीय संसद्ले अनुमोदन गरेको नयाँ नक्सामा नेपाली भूभागको नाम अंग्रेजी भाषामा छपाएर सबै मित्रराष्ट्रलाई पठाउने तयारी गरेको हो।

मतदाता नामावली सूची अद्यावधिक हुँदै

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्नका लागि देशभर विशेष कार्यक्रम थालेको छ।

स्थानीय तहको सिमाना अद्यावधिक गरिँदै

संविधान अनुसार सङ्घीयता कार्यान्वयन भएर प्रदेश तथा स्थानीय तह गठनपछि गण्डकी प्रदेशमा पहिलो पटक स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको छ।

मतदाता नामावली संकलन तथा अद्यावधिककाे काम सुरु

जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि एक महिने अभियान सुरु गरेको छ। निर्वाचन कार्यालयले जिल्लाका ७२ गाबिसमा टोली खटाएर उमेर पुगेका नागरिकको फोटो सहितको मतदाता नामावली संकलनकालागि अभियान सुरु गरेको हो।

मतदाता नामावली अद्यावधिक गरिने

जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न एकमहिने कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार सदरमुकाम दिक्तेलमा आयोजित जिल्लास्तरीय सहयोग, समन्वय तथा अनुगमन समिति एवं सरोकारवालाको अन्तर्क्रिया कार्यक्रममा निर्वाचन कार्यालयले उमेर पुगेका नागरिकको फोटोसहितको मतदाता नामावली संकलनका लागि अभियान चलाउने जानकारी दिएको हो।

एक सय नौ दल अद्यावधिक

नयाँ संविधानले व्यवस्था गरेअनुसार राजनीतिक दलहरू निर्वाचन आयोगमा पुनः दर्ता भएका छन्। एक महिनाअघि आयोगले दलहरूलाई पुनः दर्ता हुन आह्वान गरेको थियो। संविधान जारी हुनुअघि एक सय ५९ दल दर्ता रहेकोमा तीमध्ये एक सय नौ दल पुनः दर्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्