१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सप्तकोसीमा डुंगा डुब्यो, ३७ को उद्धार, केही अझै बेपत्ता

सप्तकोसीको मूल भंगालोमा शनिबार डुंगा डुब्दा ३७ जनाको सकुशल उद्धार गरिएको छ। वर्षायाममा पूर्वतर्फ कोसीको मूल भंगालो र पश्चिमतर्फ सानो भंगालोले घेरिने गरेको सुनसरी श्रीलंका टापुका बासिन्दा कोसीपूर्वको प्रकाशपुर आउँदै गर्दा डुंगा डुबेकोमा तत्काल २३ जना र पछि अन्यको उद्धार गरिएको हो।

सप्तकोसीमा डुंगा पल्टियो, ३७ जनाको उद्दार

सुनसरीको श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर राजावास आउँदै गरेको डुंगा सप्तकोसीमा पल्टिएको छ । ३७ जनाको उद्दार गरिएको छ भने केही बेपत्ता भएको प्रहरीले जनाएको छ

सप्तकोसीमा पानीको बहाव घट्न थाल्यो, खतराको संकेत भने यथावत

इटहरी– सप्तकोसी नदीमा पानीको बहाव घटन थालेको छ। बुधबार अपरान्ह पानीको बहाव घटेर २ लाख ३८ हजार ५१० क्यूसेकमा झरेको छ। मंगलबार भने कोशीमा यस वर्षकै उच्च २ लाख ८५ हजार क्यूसेक पुगेको थियो। एक साता अघिदेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव घटबढ भइरहेको छ। क्षणिक रुपमा पानीको बहाव घटे पनि पहाडी जिल्लामा वर्षा हुनासाथ बढ्ने गर्छ।

सप्तकोसीमा यस बर्षकै उच्च पानीको बहाब, खतराको संकेत रातो बत्ती यथावत

सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। एक सातादेखि निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले मंगलबार बिहानको मापन अनुसार २ लाख ७० हजार २०० क्यूसेक पुगेको छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३५ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ।

सप्तकोसीमा पानीको बहाब वर्षकै उच्च, खतराको संकेत रातो बत्ती

इटहरी– सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले शनिबार अपरान्ह ४ बजेको मापन अनुसार २ लाख ४२ हजार ७ सय २५ क्यूसेक पुगेको छ। पहाडी जिल्लामा निरन्तर बर्षा भएकाले गर्दा पानीको बहाव बढ्दो छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ।

सप्तकोसी नदीमा पानीको बहाव उच्च, ३१ ढोका खोलिए

सप्तकोसी नदीमा पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो छ । शनिबार बिहाने कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार ४ क्यूसेक पुगेको छ। सप्तकोसीमा मंगलबारदेखि पानीको बहाव बढ्दो छ । पहाडी जिल्लामा निरन्तर बर्षा भइरहेकाले गर्दा पानीको वहाब बढेको हो । पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ ।

बाढीले अस्तव्यस्त सप्तरी,सप्तकोसी नगरपालिका डुवानमा

लगातारको बर्षापछि विभिन्न नदीमा आएको बाढीका कारण सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। बर्षा अझै रोकिएको छैन। सप्तकोसी, त्रियुगा, वलान, खाँडो लगायतका नदीमा पानीको वहाव निरन्तर बढी रहेको प्रहरीले जनाएको छ।

सप्तकोसी नदीमा पानीको बहाव उच्च, खतराको संकेत राताे बत्ती बालियो

लगातार परेको अविल बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। बुधबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख ७८ हजार ९ सय क्यूसेक पुगेको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको छ ।

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ मध्ये २१ ढाेका खुला

पूर्वमा गएरातिदेखि परेको अविरल बर्षाका कारण मंगलबार बिहानैदेखि सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ। मंगलबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख २६ हजार २३० क्युसेक पुगेको छ। हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्