१४ आश्विन २०८१ सोमबार
image/svg+xml

लडेर वृद्धको मृत्यु

खोटाङमा मंगलबार लडेर एक वृद्धको मृत्यु भएको छ। दाउरा लिएर घर फर्कने क्रममा लडेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाको ७० वर्षीय टीकाराम गुरुङको मृत्यु भएको हो।

राजेशपायलसँग नाच्यो खोटाङ

गत शनिबार साँझ चिसो झिप्पिँदै जाँदा खोटाङको दिक्तेल भने निकै गर्माएको थियो । दिक्तेलको माहौल गर्माउने माध्यम बनेका थिए, गायक राजेशपायल राई । खोटाङमा भएको ‘हलेसी साइनो स्टार–२०७५’ को ग्राण्ड फिनालेमा गायक राजेशपायल आउने चर्चाले संगीतका पारखीलाई सरस्वती मावि दिक्तेलको प्रांगणमा भेला हुने माहौल बनाइदिएको थियो।

खोटाङमा सम्झिए रवीन्द्र अधिकारी

खोटाङका नेकपा नेता तथा कार्यकर्ताले हेलीकोप्टर दुर्घट्नामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएका छन्। नेकपा (पूर्वएमाले) को पार्टी कार्यालयमा बिहिबार श्रद्धाञ्जलीसभा गरेर नेकपाले ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको सम्झना गरेका हुन्।

विद्यालय भवन निर्माण अलपत्र

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित सावित्रा माविको दुईकोठे भवन निर्माण अलपत्र परेको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७२ चैत ९ गते थालिएको एकतले भवन निर्माण बीचमै अलपत्र परेको हो।

विकासले छोएन माझी समुदायलाई

खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे रसुवाघाटका हर्कबहादुर माझीको जग्गाको तेर्सोबाट गाईघाट–दिक्तेल सडक बनेको छ। नेपाल सरकार र स्विजरल्यान्ड सरकारको संयुक्त लगानीमा २०६७ सालदेखि निर्माण सुरु गरिएको सो सडक हाल कालोपत्रेको चरणमा छ।

नयाँ भवन बनेपछि पठनपाठन सहज

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खास्थित महेन्द्रोदय माविको नयाँ भवन निर्माण भएको छ। राष्ट्रिय पुनर्निमाण प्राधिकरणमार्फत प्राप्त ६१ लाख ४६ हजार रुपैयाँ लागतमा उक्त विद्यालयका लागि दुई तले चारकोठे भवन बनाइएको हो।

सुन्तला ओसार्न भ्याइनभ्याइ

बगानमा लटरम्म फलेका सुन्तला ट्याक्टरमार्फत सिधै तराई पुग्न थालेका छन्। यस वर्ष याम्खाका किसान रामनिधि आचार्यको बगानबाट चारवटा ट्याक्टरमा ७६ हजार दाना सुन्तला उदयपुरको गाईघाट हुँदै सिराहाको लहान पुर्‍याइएको छ।

लटरम्म सुन्तला (फोटो फिचर)

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका फलेका सुन्तला। बोटै नुहिनेगरी फलेका सुन्तला बिक्री गरेर एक जना किसानले ६ लाखसम्म आम्दानी लिएका छन्। डोकोमा राखेर बिक्री गर्न लगिने सुन्तला अहिले ट्रयाक्टरमा हालेर बजार पुयाउने गरिएको छ।

चार दिनमा ५६ बाँदर समातिए

राष्ट्रिय निकुञ्जमा पुर्‍याउने गरी खोटाङमा चार दिनमै ५६ वटा बाँदर समातिएको छ। निकुञ्जमा पुर्‍याएर छाड्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट भारतीय शिकारीमार्फत फागुन ७ गतेदेखि बाँदर समात्न थालिएको हो। भारतीय शिकारीले जंगलमा जाल थापेर शनिबारसम्ममा ५६ बाँदर समातेको नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताए।

खोटाङमा बाँदर समाऔँ अभियान

भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ। केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्‍याउन खोटाङमा ‘बाँदर समाऔँ अभियान’ थालिएको हो।

बाँदर समात्न थाले भारतीय सिकारीले

नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा बाँदर समात्न थालिएको छ। अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पुर्याउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाऊ अभियान’ थालिएको हो।

सार्वजनिक सुनुवाइमा स्थानीय जनताभन्दा नेता बढी

सामान्यतः सार्वजनिक सुनुवाइमा सेवाग्राही र सेवाप्रदायक अधिकारीबीच सार्वजनिक चासोको विषयमा खुला ठाउँमा छलफल गरिन्छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भने फरक दृश्य देखियो।

थामखर्क विमानस्थल उद्घाटन

खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भई सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन्।

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङको सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेको छ। तीन महिनाअघि भएको भीषण आगलागीबाट विस्थापित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वती माविका पूर्वविद्यार्थीले नगद प्रदान गरेका हुन्।

पिच उक्किएर खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

पिच उक्किँदा खोटाङको जयराम–हलेसी सडक खण्डको च्यास्मीटारदेखि हलेसीसम्मको सडक जीर्ण बनेको छ। एडिबीको आर्थिक सहयोगमा ८/९ वर्षअघि ओटासिल पिच गरिएको जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मीटार–दुर्छिम–हलेसी खण्ड जीर्ण बन्दा यात्रा जोखिमपूर्ण बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्