१४ आश्विन २०८१ सोमबार
image/svg+xml

११ लाखभन्दा बढी राजस्व संकलन

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट खोटाङमा आठ महिनामा ११ लाखभन्दा बढी राजस्व संकलन भएको छ। चालु आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनबाट ११ लाख ६९ हजार पाँच सय राजस्व संकलन भएको अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ।

धर्मराजको गीत

खोटाङका गायक धर्मराज पोखरेलको गीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। नवराज दाहालको लय र शब्द तथा गायक पोखरेल र निशा कार्कीको स्वर रहेको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो।

गर्भवतीको उपचारमा आर्थिक समस्या

डालेघाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डालेघाँस काट्ने क्रममको रुखमाबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीया कविता राईको उपचारमा आर्थिक समस्या भएको हो।

पुल सक्ने प्रतिबद्धता कागजमै सीमित

२०७४ साल फ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा गरिएको प्रतिबद्धता अनुसार रेग्मीटारस्थित साप्सु खोलाको पुल गत असारमै तयार हुनुपर्ने हो। तर, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लमो साप्सु खोलाको पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन।

खोटाङलाई एन्फाको सदस्यता

खोटाङले अखिल नेपाल फुटबल संघको अस्थायी सदस्यता प्राप्त गरेको छ। फुटबल संघ गठन गरी जिल्लामा फुटबलको व्यावसायिक विकास र विस्तारका लागि अनुरोध गरिएअनुसार एन्फाले एक वर्षका लागि अस्थायी सदस्यता प्रदान गरेको हो।

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर खोटाङमा महिलाको मृत्यु भएको छ। रातो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीय तारा खड्काको मृत्यु भएको हो।

खोटाङमा एसइईका १०८ विद्यार्थी अनुपस्थित

खोटाङमा एसइईका १०८ विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन्। आईतबार सुरु भएको परीक्षाको पहिलो दिन रेगुलरतर्फ ७६ जना र एक्जाम्टेडतर्फ ३२ विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्राविधिक सहायक तीर्थबहादुर विश्वकर्माले बताए।

तीन सडकले जोडिए बराहपोखरी

सरकारले सय वटा गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीन तिरबाट सडकले छोएको छ।

नेकपाले खोटाङमा टुंग्यायो एकता प्रक्रिया, कहाँ को अध्यक्ष/सचिव ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले गाउँपालिका र नगरपालिकामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा नेकपाले भागबण्डामा अध्यक्ष र सचिवको टुंगो लगाएको हो।

सडकमै चालकको स्वास्थ्य जाँच

खोटाङमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलको आयोजनामा मंगलबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो।

जंगलबाट गाउँ पस्यो डढेलो, केही घर नष्ट

खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो।

६ महिनामा १६ नवजात शिशुको मृत्यु

खोटाङमा ६ महिनाको अवधिमा १६ नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। गत अगष्टदेखि मार्चसम्म जिल्लामा २८ दिनमुनिका १६ नवजात शिशुको मृत्यु भएको वनहर्ट वल्डवाईडले जनाएको छ।

बेपत्ता बालक जंगलभित्र भेटिए

खोटाङमा बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि सकुशल फेला परेका छन्। मंगलबार बिहान साढे १० बजे घरबाटै हराएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७, टेम्मा हात्तीसार टोलका राजकुमार मगर र सपना मगरका छोरा एवान मगर बुधबार बिहान ९ बजे भेटिएका हुन्।

हराएको नाबालक जंगलमा सकुशल फेला

खोटाङमा वेपत्ताभएको २३ घण्टापछि १९ महिने नाबालक शकुसल फेला परेका छन्। मंगलबार बिहान साँढे १० बजे घरबाटै हराएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा हात्तीसारटोलका राजकुमार मगरको १९ महिने बच्चा एवान बुधबार बिहान ९ बजे भेटिएको हो

विवाह वा मृत्यु संस्कारका लागि सामुदायिक घर

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा सामुदायिक पाटी घर निर्माण गरिएको छ। स्थानीय तामाङ र शेर्पा समुदायको विवाह, घेवा (मृत्युपछिको संस्कार), चाडपर्व, सामूहिक भोजलगायतका सार्वजनिक कार्यक्रम गर्न नुनथला गैरीमा सामुदायिक पाटी घर निर्माण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्