आचारसंहिता उल्लंघन भएको भन्दै कांग्रेसको उजुरी
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–३ मा हुने उपनिर्वाचनमा नेकपाले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ। सत्ताको आडमा नेकपाले आचारसंहिता र सहमती पालना नगरेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ।