३ असार २०८१ सोमबार
image/svg+xml

ईशनाथ नगरपालिकाको चार वटा वडामा पनि लगाइयो कर्फ्यु

सरस्वती पूजाको मूर्ति सेलाउनको लागि लैजाने बाटोको विषयमा भएको विवादले ईशनाथ नगरपालिका ६ र ७ मा शनिवार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु आइतबार वडा नम्बर २, ३, ४ र ५ मा पनि विस्तार गरिएको हो।

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्यु हटेको छ। कर्फ्युको समय आज बिहान ८ बजे सकिएपनि निषेधाज्ञा भने जारी रहेको छ।

नेपालगन्जको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हट्यो

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हटाएको छ।

नेपालगन्जमा पुनः कर्फ्यु जारी, पाँच जना भन्दा धेरै भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गरेको छ। आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

मलङ्गवामा जारी कर्फ्यु हट्यो, भदौ २७ गतेसम्म निषेधाज्ञा लागु

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिवारदेखि लागु गरेको कर्फ्यु हटाउँदै थप तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रहरी र स्थानीयबीचको झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यू

लेटाङ नगरपालिका क्षेत्रमा सोमबार बिहानदेखि लागु हुने गरी कर्फ्यूआदेश जारी भएको छ। आइतबार लेटाङ–५ मा भएको झडपपछि उत्पन्न तनाव हुँदा एकजना महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियाे।

भारतमा कोरोनाको तेस्रो लहर

दिल्लीमा आनुवंशिक सिक्वेन्सिङ गरिएका कुल नमुनामध्ये ८४ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको छ। भारतका प्रमुख सहर मुम्बई र दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो छ। मुम्बईका मेयर किशोर पेडनेकारले कोभिड–१९ को सुनामीका लागि तयारी भइरहेको बताए।

बुटवलमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

केन्यामा तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी, फेरि दुई महिना कर्फ्यु घोषणा

केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गरेको समाचारमा जनाइएको छ।

प्रशासनद्वारा वीरेन्द्रनगरमा कर्फ्यु आदेश

वीरेन्द्रनगरमा मंगलबार बिहान कालीकोट महाबै गाउँपालिका–३, सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएपछि जारी प्रदर्शनले उग्ररुप लिँदै गएपछि वीरेन्द्रनगरमा कफ्र्यू जारी गरिएको छ।

जम्मु काश्मिरमा शुक्रबार कफ्र्यु कम गरिने

मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा (कफ्र्यु) कम गरिने भारत सरकारले जनाएको छ। कफ्र्यु कम भएमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज हुने यस क्षेत्रका प्रहरी प्रमुखले एएफपीलाई बताएका छन्।

कृष्णनगरमा लगाईएको कर्फ्यु हटेपछि सामान्य बन्दै जनजीवन

दुई दिनदेखि लागेको कर्फ्यु मंलबार बिहानदेखि पुर्णरुपमा हटे पछि कपिलवस्तुको प्रमुख ब्यापारिक केन्द्र कृष्णनगरको जनजीवन सामान्य बनेको छ। गत कार्तिक २ गते दुर्गा भगवती मुर्ति बिर्सजनका क्रममा बिवादले अग्ररुप लिए पछि कर्तिक ४ गते साँझबाट स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्