पाषाण परिस्थिति
एउटै नागरिकमाथि दुःख पर्दा पनि सरकार संवेदनशील बन्न सक्नुपर्छ। राज्य निकायमा रहेका व्यक्तिका असंवेदनशील व्यवहारले पनि कहिलेकाहीँ यसको चरित्रमाथि प्रश्न उठाउने अवस्था आउँछ। अझ राज्यको ध्यान सर्वसाधारणतर्फ कम पुगेको महसुस हुन्छ। शक्तिमा हुने वर्गले राज्यका जुनसुकै सुविधा पाउन सक्ने तर निमुखाले यसमा पहुँच नपाउने अवस्था हुनुहुँदैन।