७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पर्यटन दिवसः वर्षाले पर्यटकीय गतिविधि हुनै पाएनन्

‘पर्यटन र शान्ति’ भन्ने मूल नाराका साथ शुक्रबार ४५ औं विश्व पर्यटन दिवस मनाइरहँदा सबैखाले पर्यटकीय गतिविधि वर्षाका कारण प्रभावित भएका छन्। विहीबार बेलुकीदेखि सुरु भएको वर्षाले सबैतिरका पर्यटकीय गतिविधि प्रभावित भएको पर्यटन व्यावसायीले बताएका छन्। पर्यटकको आउजाउ रोकिएको छ भने निर्धारित कार्यक्रम पनि स्थगित भएका छन्।

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ।

पर्यटन दिवसः बसपार्क क्षेत्रमा सरसफाई, महानगरको असहयोग

पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाले प्रभातफेरी निकालेका छन्। पृथ्वी होटल व्यवसायी समितिको आयोजनामा सरसफाइ पनि गरेका छन्। सरसफाईमा पोखरा महानगरपालिकाले भने असहयोग गरेको आरोप व्यावसायीले लगाएका छन्।

पोखरामा पर्यटन दिवसः बिहान विमानस्थलमा स्वागत, बेलुकी सडक महोत्सव (तस्बिरहरु)

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ। यो वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार पर्यटन दिवस मनाइएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर बुधबार पर्यटकीय सहर पोखरामा पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिएको छ।

पर्यटन दिवस मनाईरहँदा व्यवसायीलाई लागेन सिजन

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ। यो वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार पर्यटन दिवस मनाइँदैछ। विश्व पर्यटन दिवस मनाईरहँदा चमक छरिसक्ने पर्यटन क्षेत्र यो बेला निराशाको चाङमा डुबेको पोखराका पर्यटन व्यावसायीले बताएका छन। सरकारले बेलैमा पर्यटन क्षेत्रलाई नसोच्ने हो भने पर्यटन क्षेत्रको लगानी अझै डुब्ने चिन्ता व्यावसायीको छ।

४३ औं विश्व पर्यटन दिवस सम्पन्न

नेपालले पर्यटन क्षेत्रलाई अगाडि बढाउन युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकरणको लागि युनेस्कोसँग सम्पर्क गर्न आवश्यक छ।

भक्तपुरका सांस्कृतिक गुरुहरू सम्मानित

परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरुमा महिलाहरुको उत्साहजनक सहभागीता बढ्दै गएको बताउँदै उनले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय भएको भन्दै प्रशंशा गरे।

विश्व पर्यटन दिवसः पर्यटकलाई बसपार्क र विमानस्थलमै स्वागत

४३औं विश्व पर्यटन दिवसको अवसर पारेर मंगलबार पोखरा भित्रिने विदेशी पर्यटकलाई विमानस्थल र पर्यटक बसपार्कमा स्वागत गरिएको छ। पहिलो उडानमार्फत पोखरा विमानस्थलमा ओर्लेका पर्यटकलाई विमानस्थलमा र स्थलमार्गबाट भित्रिएका पाहुनालाई पर्यटक बसपार्कमा स्वागत गरिएको हो।

विश्व पर्यटन दिवसः ‘लाभ बिनाको पर्यटकीय सिजन’

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। यो वर्ष ‘रिथिङकिङ टुरिजम’ नाराका साथ मंगलबार दिवस मनाउँदै गर्दा पर्यटन क्षेत्र योपटकको पर्यटकीय सिजनसँग उत्तिसारो खुसी छैन, सिजनको पनि अनूभुत गर्न पाएको छैन। पर्यटन व्यवसायी सबैतिरबाट निराश छन्। कोरोनाले लामो समय थलिएको पर्यटन व्यवसाय अझै माथि उठ्न सकेका छैनन। सिजन सुरु भएको एकमहिना बितिसक्दा पनि विदेशी पाहुना आउने छाँटकाँट नै व्यवसायीले देखेका छैनन।

पोखरामा आज सडक महोत्सव

कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्