१० मंसिर २०८१ सोमबार
image/svg+xml

चिसो बढेसँगै डेंगी संक्रमित घट्दै

चिसो बढ्न थालेसँगै गण्डकी प्रदेशका जिल्लामा डेंगी संक्रमण ओरालो लागेको छ। यो वर्ष प्रदेशमा अहिलेसम्मकै सर्वाधिक धेरैजनामा डेंगी संक्रमण पुष्टि भएको छ। तर, पछिल्लो समय संक्रमण कम हुँदै गएको प्रदेश सरकारले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

डेंगीबारे चिकित्सक भन्छन्ः पोखरामा संक्रमित घट्दै, तर जोखिम टरेको छैन

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा यो वर्ष अहिलेसम्म १५ हजार ८ सय ५५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। ती मध्ये पाँचजना महिला र तीनजना पुरुष सहित आठजनाको ज्यान पनि गइसकेको छ। प्रदेशमा सबैभन्दा बढी संक्रमित कास्कीमा रहेको मन्त्रालयको तथ्यांक छ। चिसो बढ्न थालेसँगै संक्रमित कम हुँदै गएपनि अझै केही समय सचेत भने हुनैपर्ने चिकित्सकले बताएका छन्।

संक्रमणकालीन न्यायः सिफारिस समितिले बल्ल थाल्यो काम

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुनकुमार कार्की, स्टेला तामाङ र राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडी सदस्य छन्। समितिको सोमबार बसेको बैठकले खातीलाई प्रवक्ता तोकिसकेको छ।

असोजसम्मै डेंगी संक्रमणको त्रास

तनहुँमा डेंगी संक्रमणले झनै गति लिएको छ। असार अन्तिमदेखि बढेको डेंगी संक्रमणले अहिले सिंगै तनहुँलाई अत्याएको छ। तनहुँमा मात्र करिब दुइहजार जनामा डेंगी संक्रमण पुष्टि भईसकेको स्वास्थ्य कार्यालय तनहुँले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। स्वास्थ्यकर्मीले अहिले पनि डेंगी संक्रमण असोज महिनासम्मै रहिरहने अनुमान गरेका छन।

द्वन्द्व पीडित भन्छन्ः टिआरसी ऐन कार्यान्वयनमा चनाखो बनौं

गण्डकीका द्वन्द्व पीडितले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) ऐन कार्यान्वयनमा चनाखो बन्नुपर्ने बताएका छन्।

गण्डकीमा डेंगी संक्रमण तिब्र

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय डेंगी संक्रमणले तिब्रता पाएको छ। यो वर्ष (२०२४) को अगष्ट महिनामा प्रदेशमा सबैभन्दा बढी संक्रमित भएका छन्। प्रदेशमा सबैगरि ३५ सय ७८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय तनहुँ भन्छः राजमार्ग बिस्तारका क्रममा खनिएका खाडल र थुपारिएका उपकरणले डेंगी संक्रमण बढायो

स्वास्थ्य कार्यालय तनहुँले पोहोर दमौली र अहिले आँबुखैरेनीमा डेंगी संक्रमण तिब्र रुपमा फैलिनुको कारणबारे सुक्ष्म अध्ययन गर्यो र निष्कर्ष निकाल्यो–राजमार्ग बिस्तारका लागि खनिएका खाडल र थुपारिएका तिनै उपकरण र सामाग्रीमा संकलित पानीका कारण डेंगी फैलाउने लामखुट्टे बढेको र त्यसले राजमार्गले छोएको क्षेत्रमा संक्रमण बढेको हो।

गण्डकीमा डेंगी संक्रमणः तीनसातामा तीनजनाको ज्यान गयो

तीनसाता अवधिमा डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा तीनजनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये दुईजना तनहुँ र एकजना कास्कीका बासिन्दा छन्। गण्डकीका विभिन्न जिल्लामा पछिल्लो समय डेंगी संक्रमण ह्वात्तै बढेको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। पोहोर डेंगीबाट तनहुँमा पाँच र स्याङजामा दुइ गरि ७ जनाले ज्यान गुमाएका थिए।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक: प्रशस्त आशंका

सबैभन्दा महत्त्वपूर्ण कुरा त विधेयकमा सहमति जुटाउन बनेको कार्यदलले पनि हामी पीडितसँग, सरोकारवालासँग परामर्श गर्न आवश्यक ठानेन। प्रमुख दलका नेताहरू बसेपछि अरूलाई सोध्नुपर्दैन भन्ने मानसिकता देखियो, जुन गलत हो। यसले हाम्रो सशंय बढाएको छ।

गण्डकी प्रदेशमा डेंगीः मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित

गण्डकी प्रदेशमा डेंगी संक्रमणले तिब्र गति लिएको छ। प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। तनहुँ र कास्कीमा संक्रमण झनै तिब्र रहेको मन्त्रालयको भनाई छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

तनहुँ र कास्कीमा डेंगी संक्रमण तिब्र

कास्की र तनहुँमा यो सिजनमा फेरि डेंगी संक्रमण बढेको छ। तनहुँको आँबुखैरेनीमा डेंगी संक्रमण बढेपछि विद्यालय नै बन्द गरिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका अहिले डेंगीको ‘हटस्पट’ बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। कास्कीमा पनि संक्रमण बढ्न थालेपछि सचेतना अपनाउन पोखरा महानगरले आग्रह गरेको छ।

तीन दलीय स्वार्थको ‘बन्धक’ संक्रमणकालीन न्याय

द्वन्द्वपीडितले भन्दै आएका छन्, ‘तीन दलका नेताले सहमति गर्ने हो भने संक्रमणकालीन न्यायको विषय तुरुन्तै टुंगिन्छ।’ नेताहरूको ‘स्वार्थ’मै अल्झिरहेको विधेयक संशोधन नहुँदा त्यसको असर दुई आयोगमा पनि परेको छ।

ऐन संशोधनपछि मात्र आयोगमा पदाधिकारी

संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न सरकारले बनाएको समितिले ऐन संशोधन विधेयक संसद्ले पारित गरेपछि मात्रै काम अघि बढाउनुपर्ने द्वन्द्वपीडितले बताएका छन्।

‘मृगमरीचिका’ बन्यो संक्रमणकालीन न्याय

नेपालमा संक्रमणकालीन न्यायको विषय सर्वोच्च अदालतकै शब्दमा भन्दा ‘मृगमरीचिका’ जस्तै बन्दै गएको छ।

दिमागी बल नै वास्तविक बल

जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्