६ आश्विन २०८१ आइतबार
image/svg+xml

इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी उभिएका छन् ।जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच भएको आणविक सम्झौताको पक्षमा धारणा राखेका हुन् ।

जर्मनीमा ठूलो परिवार संख्या न्यून बन्दै

जर्मनीमा धेरै बालबच्चा जन्माउने अभिभावक बिरलै पाइन थालेको हालैको जनगणनाले देखाएको छ।सन् २०१६ मा भएको जनगणनामा सात वा सोभन्दा बढी बालबालिका भएका परिवार सङ्ख्या जम्मा नौ हजार मात्र अर्थात् ०।१ प्रतिशत भएको पाइएको जर्मनीको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ।

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ।

अन्ततः जर्मनीमा बन्ने भयो नयाँ सरकार

लामो समयदेखिको राजनीतिक अस्थीरतापछि युरोपेली मुलुक जर्मनीमा नयाँ सरकार गठन हुने भएको छ।

जर्मनीले ऊर्जा विकासमा सहयोग थप्ने

जर्मनीले नेपालको ऊर्जा विकासमा थप १ करोड ५० लाख युरो (करिब १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ) आर्थिक सहायता दिने भएको छ । काठमाडौंस्थित जर्मन दूतावासले सोमबार विज्ञप्ति जारी गरी नेपाललाई थप आर्थिक अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

जर्मनी र इङ्ल्यान्डको टिकट पक्का

साबिक विजेता जर्मनीले बिहिबार नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै अर्को वर्षका रसिया यात्रामा पक्का गर्दा इङ्ल्यान्डले पनि स्लोभेनियामाथि १–० को विजय हासिल गर्दै विश्वकपमा स्थान सुनिश्चित गर्यो ।

जर्मनीमा मतदान जारी

जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन्। मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला रहनेछ।

जर्मनी अर्काे खेल कुर्न बाध्य

जर्मनीले नर्वेको चुनौती ६ गोलले पाखा लगाएको दिन सोमबार विश्वकपको युरोपेली छनोटअन्तर्गत अर्को खेलमा पहिला गोल खानाका बावजुद इङ्ल्यान्डले स्लोभाकियामाथि २–१ को जित हासिल गरेको छ।

जर्मनीको सम्भावना बलियो

माट्स हुमेल्स र उनको आक्रामक जर्मनी शुक्रबार चेक गणतन्त्रलाई पराजित गर्दै रुस विश्वकपमा छनोटको नजिक पुग्दा ह्यारी केनको दुई गोलमा इङल्यान्डले माल्टामाथि ४–० को जित निकालेको छ ।

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ। संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो।

‘फेरि जर्मनीका सहर घुम्न मन छ’

मलाई मनपर्ने सहर काठमाडौं नै हो । जतिसुकै फोहोर अव्यवस्थित भए पनि यहाँको हावापानी राम्रो लाग्छ । अरुको त कुरै छाडौँ, हाम्रो देशको पानीमा पनि शक्ति छ । विदेश गएका बेला त्यहाँको पानीले कहिल्यै प्यास मेटिन्न । नेपाल फर्केपछि मात्रै बल्ल प्यास मेटिएको अनुभूति हुन्छ । बाहिरी मुलुकमध्ये मनपर्ने सहर जर्मनीको स्टोटगार्ट, बर्लिन र ह्याम्बर्ग हो । त्यहाँको बेकरी एकदमै मनपर्छ । समय मिल्यो भने त्यहाँ फेरि जाने मन छ । कहिल्यै नसुत्ने सहर न्युयोर्क पनि मलाई धेरै राम्रो लाग्छ ।

विश्वकप छनोट खेलः इङल्याण्ड, जर्मनी र फ्रान्स विजयी

विश्वकप छनोट चरण अन्तर्गत शुक्रबार राति सम्पन्न खेलहरुमा इङल्याण्ड, फ्रान्स र जर्मनी विजयी भएका छन्। विश्वकपको युरोपियन छनोट चरणको समूह एफ अन्र्तगतको खेलमा इङल्याण्ले स्कटल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

जर्मनीमा रसायनिक प्लान्ट विस्फोट, केही मानिस बेपत्ता र कैयौँ घाइते

फ्रान्कफर्ट(जर्मनी)- पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादन गर्ने प्लान्ट विस्फोट हुँदा केही मानिस हराएका र केही घाइते भएको वास्फ कम्पनीले जनाएको छ।

जर्मनीमा शरणार्थी समस्यामा सुधार भएको चान्सलर मर्केलको दावी

जर्मन चान्सलर एञ्जेला मर्केलले आफ्नो सरकारले शरणार्थी समस्या समाधानमा गरेको पहलको प्रशंसा गर्दै सन् २०१५ को तुलानाा जर्मनी पुगेको आप्रवासी शरणार्थीको व्यवस्थापन राम्रो भएको दाबी गरेकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्