युरोपमा भेटिएका बाबुराम
जर्मनी फ्र्यांकफर्टको एक होटलमा बिहानै पुग्दा डा. बाबुराम भट्टराई र हिसिला यमि आफ्ना प्लेटमा बफेट ब्रेकफास्ट हाल्दै थिए । एउटा वैज्ञानिक मिटिङमा भाग लिने सिलसिलामा म फ्र्यांकफर्टकै अर्को होटलमा पाँच दिनदेखि बसिरहेको थिएँ । आफ्ना जिल्लावासी सांसदसँग त्यस प्रकारको भेट आकस्मिक थियो।