२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाकिस्तानकाे सामान्य प्रदर्शन, अजहरको अर्धशतक

अजहर अलीले अर्धशतक पूरा गरेपछि पाकिस्तानले न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्टमा मंगलबार दोस्रो दिन तीन विकेटको क्षतिमा १ सय ३९ रन बनाएको छ।

हाफिजद्वारा टेस्टबाट संन्यास

पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजले मंगलबार टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट खेलेपछि हाफिजले संन्यासको घोषणा गरेका हुन्।

इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए

अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्।

न्युजिल्यान्डको सामान्य सुरुआत

कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले सोमबार पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा सामान्य सुरुआत गरेको छ।

पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पले पठाए पत्र, के छ पत्रमा?

अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन्। पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गरेका छन्।

द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्छ : गिलानी (भिडियो)

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एसिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताएका छन्।

इमरान खानकाे सय दिन पूरा, अर्थतन्त्र सुधार प्राथमिकतामा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार आफ्नो सरकारले एक सय दिन पूरा गरेको उपलक्ष्यमा गरेकाे सम्बोधनमा उनले नयाँ नीति अख्तियार गरी विदेशी लगानी र अर्थतन्त्रको सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा गरेका हुन्।

चिनियाँ दूतावास हमलामा भारतको हातः पाकिस्तान

पाकिस्तानले कराँचीस्थित चिनियाँ महावाणिज्य दूतावासमा भएको हमलामा भारत जिम्मेवार रहेको आरोप लगाएको छ। शुक्रबार दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा दुई सुरक्षाकर्मीसहित ७ जनाको ज्यान गएको थियो। जसमा दुई सर्वसाधारण र ३ जना आक्रमणकारी छन्।

भारतीय मन्त्रीहरु पाकिस्तान जाने

भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था रहेका बेला दुर्इ भारतीय मन्त्री पाकिस्तान जाने भएका छन्। शिख समुदायकाे धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमा नाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ।

मलेसिया र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गरेका छन्।

पाकिस्तानको माग अस्वीकार

दुईपक्षीय शृंखलाको सम्झौता भंग गरेबापत पाकिस्तानले भारतसँग माग गरेको क्षतिपूर्ति मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अस्वीकार गरेको छ।

सन्दीप पाकिस्तान सुपर लिगमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट भएका छन्। लिगको अक्सनमा रहेका सन्दीपलाई लाहोर कलन्दर्सले मंगलवार ५० हजार डलरमा खरिद गरेको हो। लाहोर कलन्दर्सको कप्तान चर्चित खेलाडी एबी डिभिलियर्स हुन्।

पाकिस्तानी प्रधानमन्त्री युएर्इ भ्रमणमा

पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन्।

पाकिस्तानी प्रधानमन्त्री खान चीन भ्रमणमा

पाकिस्तानका प्रधानमन्त्री इमरान खान चार दिने पहिलो चीन यात्राका क्रममा शुक्रबार बेइजिङ पुगेका छन्। पाकिस्तानी प्रधानमन्त्री खानको चीन यात्रालाई विशेष महत्वका साथ हेरिएको छ।

जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्छ : पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्