२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध

काश्मिरको पालुवामा आक्रमण पछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ। अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ।

कश्मीर घटनापछि भारतले पाकिस्तानविरूद्ध गर्‍यो थप निर्णय

भारतले काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि शनिवार दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ।

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ : भारतीय प्रम माेदी

भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ। भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ।

सार्कको प्रगतिमा कस्मिर मुद्दा बाधक : पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जादवले जम्मु र कस्मिर विवादका कारण दक्षिण एसियाको प्रगतिमा नराम्रो प्रभाव परेको बताएका छन।  मंगलवार काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत जादवले “दक्षिण एसियाली सहयोग संगठन(सार्क) अगाडी नबढनुमा कस्मिर मुद्दा प्रमुख रहेको बताएका हुन। भारत नियन्त्रित कस्मिरमा दिनहुँ हत्या हिंसा, बलात्कार, अपहरण भइरहेकोले त्यसलाई रोक्न पर्ने वताए।”

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पाकिस्तान प्रस्थान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राती पाकिस्तान प्रस्थान गरेका छन। नेपालको पुनर्निर्माण र पाकिस्तानको पुनर्निर्माणको सिकाइ आदान(प्रदान गर्न प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पाकिस्तान गएका हुन। पाकिस्तानको इस्लामावाद र लाहोरमा रहँदा मन्त्रीहरु, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञ लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय महिला नेत्रहिन क्रिकेट : एक खेलअगावै नेपाललाई सिरिज

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जित्न सफल भएको छ। घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० क्रिकेट सिरिजअन्तर्गत आइतवार भएको चौथो खेलमा पाकिस्तानलाई नौ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो।

नेत्रहीन क्रिकेट टोली फैसलाबादमा

नेत्रहीन महिला क्रिकेट सिरिजमा सहभागी हुन नेपाली क्रिकेट टोली टोली पाकिस्तानको फैसलाबाद पुगेको छ। नेपाली टोली बुधबार लाहोरबाट फैसलाबाद पुगकोे हो।

नेत्रहिन महिला क्रिकेट : पाकिस्तानविरूद्ध नेपाल १० विकेटले विजयी

विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृखंलामा नेपालले विजयी सुरुआत गरेको छ। नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलबार पाकिस्तानको नेत्रहीन महिला क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको शृंखलामा १–० को अग्रता बनाएको हो।

नेत्रहीन महिला क्रिकेट टोलीको बिदाइ

नेत्रहीन त्रिकेट संघले पाकिस्तानविरुद्ध पाँच खेलको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीको बिदाइ गरेको छ । जनवरी २६ बाट फेबु्रअरी ६ सम्म हुन लागेको यो भ्रमण नेपालकोे औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

पाकिस्तानद्वारा एक लाख केजी कपाल चीन निकासी

पाकिस्तानले पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी किलोग्राम मानव कपाल चीनतर्फ निकासी गरेको छ। पाकिस्तानको राष्ट्रिय सभामा शुक्रबार यससम्बन्धी जानकारी गराइएको थियो। राष्ट्रिय सभामा जानकारी गराइएअनुसार पछिल्लो पाँच वर्ष अवधिमा पाकिस्तानले चीनतर्फ एक लाखभन्दा बढी केजी मानव कपाल निकासी गरेको छ।

पूर्व पाकिस्तानी प्रधानमन्त्री शरीफलाई सात बर्षकाे जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ।

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट : पाँचपोखरीलाई उपाधि

पाकिस्तानी राजदूतावासले आयोजना गरेको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेटको उपाधि पञ्च पोखरी क्रिकेट क्लबले जितेको छ। रोयल इन्डोर क्रिकेट क्लबलाई पराजित गर्दै पञ्चपोखरीले उपाधि हात पारेको हो।

‘पाकिस्तानी ब्याटिङमा सुधार जरुरी’

न्युजिल्यान्डसँग घरेलु मैदानमा ४९ वर्षपछि टेस्ट शृंखलामा पराजय भोगेसँगै पाकिस्तानका प्रशिक्षक मिक्की अर्थरले आफ्नो खेलाडीको ब्याटिङमा सुधार ल्याउनुपर्ने जरुरी भइसकेको बताएका छन्।

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्