१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ।

गलेश्वर मन्दिरमा ६ लाख भेटी संकलन

बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै भेटी संकलन भएको छ।

आर्थिक मन्दिको मार मन्दिरमा पनि

आर्थिक मन्दिको मार सबैतिर छ। नेपाल पनि यसबाट अछुतो छैन। यहि आर्थिक मन्दिका कारण आम मानिसको जनजीवन प्रभावित भएको छ। मन्दिको असर यतिसम्म छ कि आम मानिसको आय क्षमता घटेको छ। मन्दिको असर मान्छेमा मात्रै सीमित छैन। अरु त अरु, आर्थिक मन्दिको असर भगवान बस्ने मन्दिरमा पनि पर्न थालेको छ। पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिरको भेटीपनि आधा कम भएको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समीतिले बताएको छ।

पाथीभरा मन्दिरको ८९ लाख भेटी कहाँ हरायो ?

इलामको रोङ गाउँपालिकास्थित प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम ‘हिनामिना’ भएको भेटिएको छ।

पाथीभरा मन्दिरको भेटी छानबिनमा किचलो

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ।भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो।

पाथीभरा मन्दिरको भेटीमा अनियमितता आशंका

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा मदिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ ।

हलेसीमा १५ दिनमा ७ लाख भेटीघाटी संकलन

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १५ दिनमै ७ लाख भेटीघाटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा गत फागुन १४ गतेदेखि २९ गतेको अवधिमा ७ लाख २१ हजार ४०० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

पशुपतिनाथमा अबदेखि अनलाइनबाट भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ। पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ।

बजार खुल्याे, व्यापार छैन

सरकारले व्यापार व्यवसायको पुरुत्थानका लागि प्रभावकारी योजना नल्याएकामा उनले दुःखमनाउ गर्दै भने, ‘सरकारबाट राहत पाइन्छ भन्ने आसै छैन । घरभेटीले पनि भाडा छुट नदिए व्यापार छाडेर भाग्ने बेला भयो ।’

गोसाइँकुण्ड मेलामा एक लाख ३४ हजार भेटी

जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा आएका तीर्थयात्रीले एक लाख ३४ हजार रुपयाँ भेटी चढाएका छन्।

हलेसीमा साढे ८७ लाख भेटी संकलन

खोटाङको हलेसी महादेवस्थान मन्दिरमा एक वर्षमा साढे ८७ लाख बढी भेटी संकलन भएको छ। हिन्दू, किँरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा २०७५ असार १ गतेदेखि गत असार ३१ गतेसम्ममा ८७ लाख ६६ हजार दुई सय ७४ रुपैयाँ भेटी संकलन भएको हो।

जहाँ भक्तजनलाई देखाएर गनिन्छ मन्दिरको भेटी

भक्तजनले श्रद्धाका साथ धार्मिकस्थलमा भेटी चढाउँछन्। आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासका साथ मन्दिरमा चढाउने गरेको भेटीको देशभरका मन्दिरमा कतिको हिसावकिताब राखिन्छ भन्ने विषयमा विवाद र चर्चा हुने गरेको छ।

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

बाग्लुङकाे प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ।  नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो। रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

हलेसी मन्दिरमा श्रृंखलाबद्ध भेटी चोरी, सुरक्षाको चिन्ता

पटक–पटक ताला तोडेर मन्दिरको भेटी चोरी हुन थालेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित त्रि–धार्मिकस्थल हलेसीको सुरक्षा चिन्ता बढेको छ। तीन महिनाकै अन्तरमा हलेसी महादेब मन्दिरको भेटी चोरी भएपछि मन्दिरको सुरक्षा चिन्ता बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्