६ पुस २०८१ शनिबार
image/svg+xml

पूर्वमन्त्री सिंहको निधन

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका निवासी उनकाे आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो।

ट्युनिसियाली राष्ट्रपति एसेब्सीको निधन

उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। बयानब्बे बर्षीय एसेब्सी प्रजातान्त्रिकरूपमा निर्वाचित भएका पहिलो ट्युनिसियाली राष्ट्रपति थिए। उनी हाल सत्तामा रहेका बेलायतकी महारानी पछि सबैभन्दा पाका राष्ट्रप्रमुख थिए।

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ। उनी ९१  बर्षका थिए।

बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ।

अर्जेन्टिनाका पूर्वराष्ट्रपतिको निधन

अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ।

व्यवसायी प्रभाकर राणाको निधन

उद्योगी प्रभाकर समशेर राणाको निधन भएको छ। ८४ वर्षिय राणाको अमेरिकामा निधन भएको हो। सोल्टी होटलका संस्थापक राणाको अमेरिकामा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

अजय देवगनका पिताको निधन

बलिउड अभिनेता अजय देवगनका पिता वीरु देवगनको सोमबार निधन भएको छ। लामो समयदेखि विरामी वीरुको सूर्या अस्पतालमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

श्रीमानद्वारा जलाउने प्रयास गरिएकी यादवको निधन

श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका वडा नं १ कि २० वर्षीया निर्मलाकुमारी यादवको सोमबार उपचारका क्रममा निधन भएको छ।

काँग्रेस नेता ताम्राकारको निधन

नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ। निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ।

साहित्यकार बसन्तकुमार शर्म्माको निधन

साहित्यकार बसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन भएको छ। शर्म्माको शनिबार दिउँसो २ बजे चाबहिलस्थित आफ्नै निवासमा ९७ वर्षको उमेरमा निधन भएको उनका छोरा विनयकुमार नेपालले नागरिक न्यूजलाई जानकारी दिए।

रहेनन् पत्रकार पुष्करलाल श्रेष्ठ

पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ। नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो।

पूर्व सासंदको निधनले गुल्मी शोकमा

जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनका अभिभावकसमेतका रुपमा परिचित पूर्व सासंद रुद्रमणि भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएपछि गुल्मेलीहरु शोकमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्