२४ असार २०८१ सोमबार
image/svg+xml

पूजा लक्षित समीक्षाको कटाक्ष: ‘फिल्म चलाउन अभिनय पर्दाबाहिर होइन, भित्र गर्न सक्नुपर्छ’

फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत केकी अधिकारीलाई बधाई दिएकी छन्।

प्रकाशको अनुरोधलाई सहजै स्विकार्दै ‘बोलमाया’ मा छमछमी नाचे प्रधानमन्त्री

उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्री लगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे।

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।

इनारमाथि नाचेको भिडियो विवादमा प्रकाश भन्छन्: लज्जित छु, क्षमा चाहन्छु

इनारमाथि नाचेको भिडियोको विषयमा गायक प्रकाश सपुतले माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत सपुतले आफू लज्जित भएको माफी मागेको बताएका हुन्।

किन विवादमा तानिए प्रकाश सपुत ?

सामाजिक सञ्जालहरूमा ४ महिना अघि बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको एक इनारमाथि चढेर ‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा डान्स गरिरहेको म्युजिक भिडियोको एक क्लिप भाइरल भएपछि गायक सपुत विवादमा तानिएका हुन्।

प्रकाश सपुत अभिनित ‘परदेशी–२’ को प्रचार विद्यालयबाट

अध्ययन वा अन्य कुनै बहानामा विदेशीन बाध्य यस्तै युवाको विषयबस्तुलाई कथामा उनेर बनेको फिल्म ‘परदेशी–२’ प्रदर्शनमा ल्याउने तयारी छ। दसैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको केहीदिन अघि गीत सार्वजनिक गरिएको थियो।

रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेर चिनाएपछि ...

भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन्।

प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज' युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'दमाई महाराज' बोलको गीत सार्वजनिक गरेका थिए। सार्वजनिक भएको चार दिनमै उनको गीतले युटयुवमा लिड गरिरहेको छ।

प्रकाश सपुत भन्छन्: रोमानिया घटनाले मानसिक रुपमा विक्षिप्त भएको छु

सपुतले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै उनले उक्त घट्नाले आफ्नो मनमा गहिरो चोट पुगेको र अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको बताएका हुन्।

गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार

नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो।

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक

अहिलेका चर्चित सर्जक प्रकाश सपुतको ‘शकम्बरी’का पंक्ति ‘तिम्लाई कानमा झुम्काना कल्ले किन्दियो’ निकै चर्चामा छ। त्यही शैलीमा नागरिकले वर्तमान सत्ता राजनीतिको केन्द्रमा रहेकाहरूलाई सोध्न थालेका छन्-‘करोडौं पर्ने बंगला तिम्लाई कल्ले किन्दियो?’

सर्वमान्य हुँदैन सिर्जना

प्रकाश सपुतको गीत ‘सकम्बरी’ सामाजिक चर्चामा छ अहिले। पक्ष–विपक्ष, समर्थन वा विरोधका कुराहरू आइराखेका छन्। सबै सिर्जना अपवादबाहेक सार्वकालिक, सर्वमान्य तथा सर्वस्वीकार्य भइराख्दैनन्।

सिर्जनामाथि प्रतिबन्ध अस्वीकार्य

प्रकाश सपुतजस्ता कलाकारले आजका दिनमा फेरि विकृतिविरुद्ध बोल्नुपर्ने भएको छ। मुलुकमा कठिन परिस्थितिको सामना गर्दै बाँचिरहेका नागरिकका पीडालाई गीत, कथा र अभिनयका माध्यमबाट चित्रण गर्नुपर्ने अवस्था निम्तिएको छ।

‘कुरा बुझ्नुपर्च’मा बुझ्न बाँकी कुरा

पुरुषले महिलालाई मात्रै होइन, महिलाले पुरुषलाई पनि छाड्न सक्छन्। सम्बन्ध विच्छेद वा छाड्ने कुरा र कुमारित्वको प्रसंग बेग्लै हो, यसमा बहस हुनु जरुरी छ।

ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्